नाईट्राभेट सहित कैलालीबाट एक जना पक्राउ

bishal shuit house

अत्तरिया – प्रहरीले कैलालीबाट नाईट्राभेट–१० ट्याब्लेट सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्की–चुहा नगरपालिका – ८ बचेलाका शिशिर साउद रहेका छन । उनलाई टिकापुर नगरपालिका – ९ मा रहेको खक्रौला चेक पोष्टमा चेकजाँच गर्दा नाइट्राभेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट नाईट्राभेट– १० लेखेएको १८ ट्याब्लेट फेला पारेको जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.