जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानल निर्वाचित

बाजुरा – जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ । समन्वय समितिको निर्वाचनमा एमालेको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

bishal shuit house

नौ स्थानीय तहका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ मतदातामध्ये एमाले एक्लैसँग १२ मत छ । समन्वय समितिको प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की तथा खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी र लालबहादुर महतरा निर्विरोध निर्वाचित भएका छन् ।

joshi vada pasal 2

त्यसैगरी, महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउद र दलित महिला सदस्यमा रम्बदेवी विक निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.