अत्तरियामा छाडा गोरुसंग मोटरसाइकल ठोक्किदाँ २ जना घाइते

अत्तरिया – कैलालीको अत्तरियामा छाडा गोरुसंग मोटरसाइकल ठोक्किदाँ २ जना घाइते भएका छन । मोहना अत्तरिया ६ लेन सडकमा धनगढीबाट अत्तरिया तर्फ आउँदै गरेको सु.प.प्र.०१–०११ प.४००१ नम्बरको मोटरसाइकल छाडा गोरु संग ठोक्किदा २ जना घाइते भएका हुन ।

bishal shuit house

दुर्घटनामा घाइते हुनेमा चालक धनगढी उपमहानगरपालिका–१० का २९ वर्षीय मोहनराज अवस्थी र पछाडि सवार धनगढी–१३ का २२ वर्षीय रामचन्द्र अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

घाइते मध्ये चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । शनिबार राती करिब पौने १२ बजे भएको दुर्घटनामा परी छाडा गोरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.