धनगढीमा सम्पन्न धामी–झाँक्री सम्मेलनद्धारा १४ बुँदे घोषणापत्र जारी

धनगढी – १४ बुँदे घोषणापत्र जारी गर्दै कैलालीको धनगढीमा ३ दिने धामी–झाँक्री सम्मेलन सम्पन्न भएको छ । असार ५ गते देखि सुरु भएको मर्यादित महिनावारीको लागि आयोजना गरिएको ३ दिने धामी–झाँक्री सम्मेलन शनिबार सम्पन्न भएको हो ।

maya metro hospital

सम्मेलनले मर्यादित महिनावारीको वातावरण निर्माण गर्न धामी–झाँक्रीले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछुत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।

joshi vada pasal 2

महिनावारी सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउनुपर्छ भन्ने कुराको बोध भएको भन्दै धामी झाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछुत नगरी उचित सम्मान प्रकट गर्दै महिनावारीलाई मर्यादित बनाउन विशेष पहल गर्ने प्रतिबद्धता गरेका छन् ।
समाजमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवन यापन गर्ने वातावरण सिर्जना गर्न उनीहरुलाई कुनै पनि किसिमको लैंगिक भेदभाव नगरी मर्यादित महिनावारीमैत्री पारिवारिक वातावरण तयार गर्दै जाने अग्रसरता लिने बताइएको छ ।

घर–परिवारमा मर्यादित महिनावारी मैत्री बनाउन किशोरी, महिलाहरुलाई महिनावारी हुने ५ दिन र महिनावारी नहुने २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्ने उनीहरुको घोषणापत्रमा उल्लेख छ ।

धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिहरुमा आत्मविश्वास बढाउनको लागि मर्यादित महिनावारीको बारेमा सू–सुचित गर्ने र घरमा मर्यादित महिनावारी सम्बन्धी सूचना तथा सन्देशहरु टाँस गर्ने उनहहरुको प्रतिबद्धता छ ।

सम्मेलनमा सुदूरपश्चिमको बाजुरा, डोटी, कैलाली, अछाम र कर्णाली प्रदेशको मुगु जिल्लाका धामी झाँक्री तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.