कैलालीमा जीपमा मोटरसाइकल ठोक्किँदा २ जना घाइते

धनगढी – कैलालीमा रोकिराखेको जीपमा मोटरसाइकलले ठक्कर दिँदा २ जना घाइते भएका छन् । लम्कीचुहा नगरपालिका–२ मोतिपरस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको बा २१ च २९०३ नम्बरको बोलेरो जीपमा क १ प १५९८ नम्बरको मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका हुन ।

bishal shuit house

घाइते हुनेमा मोटरसाइकल चालक जुम्ला तातोपानी गाउँपालिका–१ का २९ वर्षीय लोकेन्द्र जोशी र मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायत रहेकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

उनीहरुमध्ये कठायतको स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ भने जोशीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएका प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.