प्रेस युनियनको मतदान सुरु

 

मकवानपुर– नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ । अपरान्हदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको निर्वाचन अधिकृत प्रवीण हुमागाईँले बताए।

bishal shuit house

७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र सातै प्रदेशका प्रतिनिधिहरूसमेत गरी कूल मतदाता एक हजार ६७९ रहेको निर्वाचन अधिकृत हुमागाईँले जानकारी दिए ।

joshi vada pasal 2

अध्यक्ष पदमा तीनसहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । आज बिहान ११ बजे मतदान सुरु गर्ने भनिएता पनि मतपत्र छपाइ, उम्मेदवारको नामावली प्रकाशन र कर्मचारीको व्यवस्थापन गर्न समय लागेकाले मतदान ढिलो भएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बताए । मतदान कार्य आज साँझ ६ः३० बजेसम्म हुने बताइएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.