धनगढीबाट १७ लाख भारतीय रुपैयाँ सहित दुई युवक पक्राउ

 

धनगढी – सशस्त्र प्रहरीले कैलालीको धनगढीबाट दुई युवकलाई १७ लाख बढी भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । उनीहरूलाई शनिबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको गस्ति टोलीले केन्द्रीय ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा जनालाई पक्राउ गरेको हो ।

bishal shuit house

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शान्तिनगर बस्ने १७ वर्षीय विवेक चन्द र सोही ठाउँका १८ वर्षीय सरोज धामी रहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।

joshi vada pasal 2

उनीहरुको साथबाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँ बरामद गरिएको छ । बरामद रुपैयाँ थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.