निसर्ग हस्पिटल र ऐस्वर्य बिद्यानिकेतन बिच उपचारमा विशेष छुट सम्झौता

 

धनगढी – धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र धनगढीकै हसनपुरमा रहेको ऐस्वर्य बिद्यानिकेतन स्कुल बिच उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा स्कुल संचालक समितिका सदस्य, शिक्षक शिक्षिका, विद्यालय परिवारका सदस्य, कर्मचारी र उनका परिवारजनको उपचारमा बिशेष छुटको व्यवस्था गरिएको छ ।

joshi vada pasal 2
bishal shuit house

सम्झौता पत्रमा हस्पिटलको ओपिडी टिकटमा ५०/२५प्रतिशत छुट, प्रयोगशाला सेवामा २५/१५ प्रतिशत छुट, युएसजी, एक्सरे, ईसिजी, ईको, टिएमटि र ईन्डोस्कोपीमा १५/१० प्रतिशत छुट, आईसियु÷एनआईसियुमा १२.५/१० प्रतिशत र भर्ना भएका बिरामीको बेड चार्जमा १५/१० प्रतिशत साथै औषधि खरिदमा ७/५ प्रतिशत छुट, क्याबिनमा १०/७ प्रतिशत छुट, सामान्य सल्यक्रियामा १०/७ र जटिल सल्यक्रियामा ७.५/५ प्रतिशत छुट हस्पिटलबाट प्रदान हुने हस्पिटलका अध्यक्ष तिर्थ राज पन्तले बताए ।

उक्त सम्झौता पत्रमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्र्टर प्रालिका अध्यक्ष तिर्थराज पन्त र ऐस्वर्य बिद्यानिकेतन बोर्डिङ स्कुलका प्राचार्य पे्रम निधी ओझाले हस्ताक्षर गरेका थिए ।

maya metro hospital
texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.