विपी स्मृति दिवसको अवसरमा अत्तरिया चोकमा दीप प्रज्वलन

अत्तरिया– ४० औं विपी स्मृति दिवसको अवसरमा अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै युथ कांग्रेसले शुक्रबार साँझ अत्तरिया चोकमा दीप प्रज्वलन गरेको हो ।

maya metro hospital

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका विपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । विपीको जन्म विक्रम संबत १९७१ साल भदौ २४ गते भएको थियो । वि.सं. २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा विपी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विपीका डेढ दर्जन कृति प्रकाशित छन् ।

joshi vada pasal 2

उनले ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ पनि प्रकाशित छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.