गोदावरीमा देवस्थल नै असुरक्षित, राज्यको बेवास्था

अत्तरिया – मानिसको रक्षा गर्ने धार्मीक मान्यता अनुसार पुजापाठ गरिने गोदावरीमा रहेको ग्वासी समैजी देवस्थल धाम नै असुरक्षित बन्दै गएको छ । बिभिन्न धार्मीक कार्य गरिने कैलालीको गोदावरी नगरपालिका – ४ मा रहेको उक्त मन्दिर केही उत्श्रृङ्खल व्यक्तिहरुको गतिबिधिका कारण असुरक्षित बन्दै गएको हो ।

वनदेवी नामले चिनिने उक्त मन्दिरमा बिभिन्न नसालु पदार्थ सेवन गर्ने व्यक्तिहरु अनाधिकृत रुपमा आएर होहल्ला गर्ने, मन्दिरका सम्पतीको दूरपयोग गर्ने गरेको मन्दिरका पुजारी भागवत प्रशाद भट्टराइले बताए । उनले त्यस्ता व्यक्तिहरु रातिको समयमा समेत मन्दिरमा आएर दुःख दिने गरेको बताए ।

joshi vada pasal 2

‘मन्दिरमा हामी १/२ जना मात्रै सुतेका हुन्छै । बिभिन्न नसा खाएका व्यक्तिहरु मन्दिरमा पसेर होहल्ला गर्ने, मन्दिरका सामान छेडछाड गर्ने गर्छन’ उनले भने ‘जसका कारण मन्दिरको सम्पती असुरक्षित बनेको छ । रातिको समयमा हामी आफै पनि असुरक्षित भएका छौ ।’

अत्तरिया चोक देखि करिब ६ किलोमिटर दुरीमा रहेको उक्त मन्दिर चारैतिरबाट जंगलले घेरिएको छ । मन्दिरको कम्पाउण्ड र गेट नहुँदा बिभिन्न किसिमका मानिसहरु अनाधिकृत रुपमा आउने गरेका कारण मन्दिरमै पनि असुरक्षित महशुस हुने गरेको पुजारी भट्टराईले बताए ।

maya metro hospital

उक्त मन्दिर १२ विगाहा क्षेत्रफलमा फैलिएको छ । मन्दिरमा विशेष गरेर बिवाह, व्रतबन्धन संगै बिभिन्न पर्वहरुमा पुजाआजा हुने गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर मल्लले मन्दिरको संरक्षणको लागि राज्यले पनि ध्यान नदिएको बताए । उनले मन्दिर सुदूरपश्चिमका पहाड र तराईलाई जोड्ने विवाह स्थल भएपनि यसका लागि आवश्यक संरचनामा राज्यले ध्यान नदिएको बताए ।

bishal shuit house

‘पहाडका ७ जिल्ला र तराईको महेन्द्रनगर देखि चिसापानी सम्मका बिवाह गर्नेहरु यस मन्दिरमा आउने गरेका छन’ उनले भने ‘यो मन्दिर सुदूरपश्चिमकै आस्थाको धरोहरका रुपमा रहेपनि यहाँ विवाहकै लागि आवश्यक संरचनाको अभाव छ ।’ उनले स्थानीय स्तरबाट चन्दा संकलन गरेर हाल विवाह व्रतबन्धनका लागि आवश्यक संरचना निर्माण गरिएका भएपनि त्यो प्रयाप्त नभएको बताए ।

‘भगवानको मन्दिरका लागि पनि बजेट माग्न जादाँ राजनीतिक आस्था हेरीदो रहेछ’ उनले भने ‘प्रदेश सरकार, स्थानीय सरकारलाई पटक–पटक गुहार्दा पनि यसका लागि चाहिने बजेट पाउन सकिएको छैन ।’ उनले प्रदेश सरकार र चुनकुमारी चौधरीको सांसद कोषबाट विवाह मण्डप निर्माणका लागि भवन बनाए पनि रकम अभाव हुँदा काम अधुरै रहेको बताए ।

‘मन्दिरमा बर्षभरीमा डेढ सय सम्म बिवाह हुने गरेका छन । तर, ति विवाह गर्नका लागि आवश्यक पुर्वाधार मन्दिरमा छैन । पानी परे पनि बस्ने छानो नहुँदा समस्या हुने गरेको छ’ उनले भने ‘मन्दिरमा पानीको पनि अभाव छ । २/३ विवाह एकैदिन आउँदा निकै समस्या हुन्छ ।’ उनले मन्दिरको घेरबार नहुँदा मन्दिरमा रोपेका बोटविरुमा पनि छाडा गाइगोरुले खाइदिने गरेको बताए ।

मन्दिरमा विवाह गरेबाफत भने मन्दिर व्यवस्थापन समितिले ३ हजार देखि ५ हजार सम्म शुल्क लिने गरेको छ । मन्दिरमा विवाह गर्दा दाउरा र भाडाकुडा समेत मन्दिरले उपलब्ध गराउदै आएको छ ।

मन्दिरमा चैत्र नवरात्रीमा मेला लाग्ने गरेको अध्यक्ष भट्टराइले बताए । उनले पहिले पहिले पहाडबाट तराई झरेकाहरुले मन्दिरको स्थापना गरेको बताए ।

‘पहिला ६ महिना तराईमा बस्ने ६ महिना पहाड जाने चलन थियो’ उनले भने ‘जोरायल लगायतका क्षेत्रबाट आएका मानिसहरुले तराईमा बसेका बेला आफ्ना– आफ्ना कुल देवता यहाँबाट पुजा गर्ने गर्दथे । यो मन्दिर जंगलमा भएकाले यसको नाम वनदेवी रहन गयो ।’ उनले मन्दिरको विकासका लागि राज्यको ध्यान पुगेमा यसको भविष्य राम्रो भएको बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.