बाजुरामा कालाजार संक्रमितको घरमै मृत्यु

बाजुरा – बाजुरामा कालाजार संक्रमित भएका एक जनाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका – १ का ५२ वर्षीय पर्वलाल गुरुङ्गको कालाजारका कारण मृत्यु भएको हो ।

bishal shuit house

कालाजार भएपछि स्थानीय कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा गएका पर्वलाललाई स्वास्थ्य केन्द्रले त्यसबाट रेफर गरेको थियो । नेपालगञ्ज वा काठमाडौ जान भनी रेफर गरिएका उनी उपचार खर्चको अभावमा घरमै बसेका थिए । उनको घरमै मृत्यु भएको उनकी श्रीमती पानकला गुरुङ्गले बताएकी छिन ।

joshi vada pasal 2

बाजुरामा २ वर्षयता १३ जनामा कालाजार भेटिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १२ र बाजुरा जिल्ला अस्पतालमा १ जना गरी १३ जनामा रोग देखिएको हो । कालाजारका बिरामी स्वामीकात्तिक, खापर, जगन्नाथ, हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयमा भेटिएको थियो । कालाजारको उपचार बाजुरामा हुने भनिए पनि पर्याप्त औषधि नभएकै कारण उपचारका लागि नेपालगञ्ज, धनगढी, सुर्खेत रेफर गर्ने गरिएको छ ।

यो रोग भुसुनाको टोकाइबाट हुने र भुसुनाको टोकाइबाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घट्ने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु पनि हुन सक्ने स्वास्थ्य कर्मीको भनाइ छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.