डोटीको एक वडामा मदिरा सेवन तथा विक्री गर्नेलाई ढुङ्गा बोकाउने निर्णय

डोटी – डोटीको एक वडामा मदिरा सेवन तथा विक्री वितरण गर्ने लाई ढुङ्गा बोकाउने निर्णय गरिएको छ । केआइसिंह गाउँपालिकाको – ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको हो ।

maya metro hospital

उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए ।

joshi vada pasal 2

वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो । वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.