बनवासा पुलमा चारपाङग्रे गाडीको आवतजावत सुचारु

 

कञ्चनपुर – भारतको वनबासा पुलमा चारपाङग्रे गाडीको आवतजावत सुचारु गरिएको छ । महाकाली नदीमा पानीको वहाव बढेपछि चारपाङग्रे गाडीमा लगाइएको रोक सुचारु भएका हो ।

bishal shuit house

पुलमा भारतीय प्रशासनले बुधबार दिउँसो ४ देखि राति ११ बजेसम्म गाडी आउजाउमा रोक लगाएको थियो । महाकाली नदीमा पानीको जलस्तर घटेपछि बिहीबार बिहानबाट पुलमा सवारीसाधन आवतजावत खुला गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई बहादुर धामीले बताए ।

joshi vada pasal 2

महाकाली नदीमा बिहान ६ बजे ९५ हजार ८ सय ९१ क्यूसेक पानी मापन गरिएको छ । १ लाख क्यूसेक भन्दा बढी पानी भएमा पुलको सुरक्षाका लागि ठूला सवारीसाधन आवतजावत बन्द गरिन्छ । बुधबार नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.