पुल बगाउँदा आवतजावतमा समस्या

दार्चुला – दार्चुलामा रहेको ठूलढुंगी खोलामा लगाइएको पुल बाढीले बगाउँदा आवतजावतमा समस्या आएको छ । जिल्लाको अपीहिमाल गाउँपालिका–४ खण्डेश्वरीस्थित उक्त खोलामा रहेको आरसिसि पुल बाढीले बगाउँदा स्थानियहरुलाई आवतजावतमा समस्या भएको हो ।

मंगलबार रातिदेखि परेको लगातारको वर्षाका कारण बाढी आउँदा खण्डेश्वरीको मरखोला र भट्टार गाउँ जोड्ने उक्त पुल बगाएको स्थानियले बताएका छन । स्थानियका अनुसार पुल बग्दा सबै भन्दा बढी मारमा विद्यार्थीहरु परेका छन ।

joshi vada pasal 2
bishal shuit house

पुल बग्दा सरस्वती आधारभुत विद्यालय मरखोलामा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय जान समस्या भएको अभिभावक कलावती रोकायाले बताईन । अहिले पुल नहुँदा विद्यार्थीहरु खोला तरेरै जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेको उनले बताईन ।

उक्त पुल विद्यार्थी एवम् स्थानियको आवतजावत गर्ने मुख्य कडिका रुपमा रहेको उनको भनाई रहेको छ । उनले उक्त स्थानमा फेरी पुलको व्यवस्था गर्न माग गर्दै उनले तत्कालका लागी वैकल्पिक व्यवस्था गरिनुपर्ने बताईन ।

maya metro hospital

अपी हिमाल गाउँपालिकाका उपाध्यक्ष देवकी बोहराका अनुसार मंगलबारदेखिको वर्षाले गाउँपालिकाका धेरै स्थानमा साना–साना बाढी र पहिरो खसेको छ । फोन समस्याका कारण खण्डेश्वरीबाहेकको ठाउँमा के कति क्षतिबारे बुझ्न स्थानीयले प्रहरीलाई अनुरोध गरेका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.