बाजुरामा बाढीले ४ घर बगायो

बाजुरा – बाढीले बाजुरामा ४ घर बगाएको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको हो । बडिमालिका नगरपालिका–२ भौनेरामा आएको बाढीका कारण चार घर बगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

maya metro hospital

प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको छ ।

lotus school

यसैबिच प्रहरीले उक्त बाढीमा फसेका २३ जनाको भने उद्धार गरिएको जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोलीले बाढी प्रभावित २३ जनाको उद्धार गरेको हो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.