गड्डाचौकी नाकाबाट फर्किएका ९ जनामा कोरोना संक्रमण

कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी नाकामा मंगलबार एकै दिन ९ जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट घर फर्किनेहरुको एन्टीजेन परीक्षणका क्रममा पहिलो पटक ठूलो संख्यामा संक्रमित देखिएका हुन् । गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार २२५ जनाको परीक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको हो । असारमा गड्डाचौकी नाकामा १९ जनामा संक्रमण देखिएको थियो ।

bishal shuit house

मंगलबार संक्रमित देखिनेमध्ये ५ जना ऋषिकेश तीर्थयात्राबाट फर्केका छन् । अन्य दिल्ली र मुम्बइबाट फर्केका हुन् । नाकामा भारतबाट फर्किने सबैको परीक्षण हुँदैन । लक्षण देखिएका, शंकास्पद र प्रभावित क्षेत्रबाट आएकाहरुको मात्रै परीक्षण हुने गरेको छ । अहिले दिल्ली र मुम्बइलाई प्रभावित क्षेत्रमा राखिएको हेल्थ डेस्कका इन्चार्ज सिनियर अहेव तर्कराज भट्टले बताए ।

joshi vada pasal 2

‘अब संक्रमण बढ्न थाल्यो, जोखिम पनि त्यहीअनुसार बढ्दै गएको छ,’ सिनियर अहेव भट्टले भने, ‘सबैले सतर्कताका साथै स्वास्थ्य मापदण्ड पालना गर्नु जरुरी भइसकेको छ ।’ अहिले गड्डाचौकी नाका भएर दैनिक ४÷५ सय जना फर्किने गरेका छन् । तर तीमध्ये आधा जतिको मात्रै परीक्षण हुने गरेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.