२२ औं मुक्ती दिवसको अवसरमा अत्तरिया चोकमा दिप प्रज्वलन

 

अत्तरिया – २२ औं मुक्ती दिवसको अवसरमा कैलालीको अत्तरिया चोकमा दिप प्रज्वलन गरिएको छ । दिवसको अवसरमा जितलपुर मुक्त कमैया सिबिरले चोकमा दिप प्रज्वलन गरेको हो ।

सरकारले कमैयाहरुलाई दास प्रथाबाट मुक्त गरिएको दिनको सम्झनामा साउन २ गते मुक्ती दिवस मनाईदै आएको छ । तत्कालिन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो । घोषणा पश्चात मुक्त कमैयाहरुलाई पुनस्थापना गर्ने सम्झौता समेत भएको थियो ।

joshi vada pasal 2
bishal shuit house

तर सरकारले मुक्त घोषणा गरेको २२ वर्ष सम्मपनि कैलाली, कञ्चनपु, बाँके बर्दिया र दाङमा अझै पुनःस्थापनाको काम सम्पन्न भएको छैन ।
जितलपुर मुक्त कमैया सिबिरकी अगुवा फुलमती डगौरा थारुले सरकारले मुक्ती गरेको खुसियालीमा दिवस मनाएको बताईन ।

उनले जितलपुर बस्तीमा हाल ११७ परिवारलाई बस्नका लागि जग्गा दिएको भएपनि अन्य सुविधा भने बस्तीमा नभएको बताईन । उनले भनीन ‘जग्गा दिएपनि लालपुर्जा पाउन बाँकी छ । सुकेका रुखको मुनी बस्ती भएकाले जाखिम पनि त्यतीकै छ ।’

maya metro hospital

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.