व्यवसायी थापाले गरे जन्मदिनको अवसरमा दृष्टि फाउन्डेशनलाई खाद्यान्न सहयोग

अत्तरिया – धनगढीमा रहेको दृष्टि फाउन्डेशन नेपाललाई खाद्यान्न सहयोग गरिएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ निवासी व्यवसायी रविन्द्र थापाले फाउन्डेशनलाई २५ हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन ।

bishal shuit house

नेपाली कांग्रेसका वडाकार्यसमिति उपसभापति थापाले आफ्नो जन्मदिनको अवसरमा फाउन्डेशनलाई सहयोग गरेको बताए । उनले २५ हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा फाउन्डेशनका मानसिक सन्तुलन गुमाएका तथा अनाथ महिलाहरुका लागी सहयोग गरेको बताए ।

joshi vada pasal 2

थापा जय मा दुर्गा ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष तथा रविन ट्रेड एण्ड सप्लायर्सका सञ्चालक पनि हुन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.