देउवालाई प्रश्न सोधेर भाइरल बनेका सागर देउवा संगै चुनाव लड्ने

अत्तरिया – प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर भाइरल बनेका सागर ढकाल डडेल्धुराबाट देउवा संग चुनाव लड्ने भएका छन । उनले देउवालाई डडेल्धुरामा हराएर आफू संसदमा पुग्ने दाबी गरेका छन । उनले सामाजिक सजाल फेसबुक मार्फत सो दावी गरेका हुन ।
ढकालले ५ बर्ष अगाडी साझा सवाल कार्यक्रममा सोधेको प्रश्नको जवाफमा देउवाले बढ्दा बोल्दै हुनुहुन्छ भनेपछि उनी समाजिक संजालमा भाइरल भएका थिए ।

maya metro hospital

‘आउने चुनावमा अलि फरक तरिकाले प्रस्तुत हुने योजना बनाएका छौं,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘मैले हालका प्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुराको क्षेत्रबाट चुनाव उठी उहाँलई ससम्मान पूर्णरुपमा वृद्धभत्तासहित आराम दिने निर्णय गरेको छु । संसद्मा त जान्छु नै तर १६५ निर्वाचन क्षेत्रमा मजस्ता युवाहरुले पनि मेरो प्रधानमन्त्री बन्ने नेपाली जनतामाझ प्रस्तुत गरेको आवेदन स्वीकारेमा म विश्वको नै कान्छो प्रधानमन्त्री भएर नेपाललाई मात्र होइन विश्वका युवाहरुलाई नै एउटा आशा दिन सक्छु । हाम्रो तर्फबाट नीतिगत तयारी सकिएको छ । बाँकी १६५ निर्वाचन क्षेत्रबाट उठ्ने युवा उमेदवारहरुलाई सुम्पिन चाहन्छौँ । निकै गाह्रो छ तर हजुरहरु सबैको साथ भएमा असम्भव भने छैन ।’

उनले ४० मुनिका युवाहरुलाई देशभरबाट जिताउनुपर्ने र प्रधानमन्त्री पनि ४० वर्षमुनिकै हुनुपर्ने बताउँदै आएका छन ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.