महाकाली सिँचाई आयोजनाको नहर परीक्षणपछि पानी बन्द

कञ्चनपुर – महाकाली सिँचाइ आयोजना तेस्रो चरणको निर्माण सम्पन्न भएको मुल नहरको परीक्षण सकिएपछि पानी बन्द गरिएको छ । उच्च तहबाट नहरको उद्घाटन गराउने तयारी भइरहेकाले पानी बन्द गरिएको आयोजना कार्यालयले जनाएको छ ।

महाकाली सन्धि भएको झन्डै अढाई दशकपछि भारतीय क्षेत्रको टनकपुर ब्यारेजबाट मूल नहरमा पानी छाडिएको थियो । भारतीय पक्षले असार दोस्रो साता आफ्नो क्षेत्रमा निर्माण भएको नहरको परीक्षण गर्न छाडेको पानीले नेपालतर्फको नहर पनि परीक्षण गरिएको हो । असार १५ को धान दिवसको अवसर पारेर तेस्रो चरणको नहरबाट बेदकोट नगरपालिका–४ बगुनमा रोपाइ पनि गरिएको थियो ।

joshi vada pasal 2

‘अहिले भारतीय पक्षले नहर उद्घाटनको तयारी गरिरहेको छ’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले भने, ‘उद्घाटनपछि नहरमा नियमित पानी बग्ने छ ।’ उनका अनुसार दुवैतर्फ उच्च तहबाटै नहरको उद्घाटन गराउने तयारी भइरहेको छ । गत वर्ष पुसमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी भइरहेका बेला दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा नहरको उद्घाटन गर्ने तयारी थियो । तर प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएपछि उक्त कार्यक्रम रोकिएको हो । ‘अहिले पनि उच्च तहबाटै उद्घाटन गराउने तयारी छ’ बमले भने, ‘दुईतर्फको कुरा भएकाले अहिले नै भन्न सकिँदैन, छलफल भइरहेको छ ।’

bishal shuit house

आयोजनाको नहर निर्माण सुरु भएको २६ वर्षपछि मूल नहरमा पानी आएको हो । हालसम्म २८ दशमलव ८ किलोमिटर मूल नहर निर्माण भएको छ । तर पानी सञ्चालनका लागि २५ किलोमिटर मात्रै तयार भएको छ । गत आर्थिक वर्षमा २८ दशमलव ८ किलोमिटर मूल नहर निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोना संक्रमणका कारण ढिलाइ भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले बताए ।

maya metro hospital

‘निकुञ्ज क्षेत्रको दुई÷तीन किलोमिटरमा माटो पग्लेर नहर बन्द भएको छ,’ सीडीई पण्डितले भने, ‘उक्त क्षेत्रमा माटो हटाउनेदेखि फिनिसिङको काम बाँकी छ ।’ उनका अनुसार तत्काल नहरमा पानी आए मुसेपानी खोलामा फाल्न सकिन्छ । त्यसपछि राधा नदीमा पनि फाल्ने संरचना निर्माण भइसकेको उनले बताए । गत आर्थिक वर्षमा आयोजनाका लागि १ अर्ब २८ लाख बजेट आएको थियो । जसमध्ये ९९ करोड खर्च भएको छ । चालु आर्थिक वर्षमा १ अर्ब ३६ लाख बजेट छुट्याइएको पण्डितले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहरको निर्माण सुरु गरिने, थप १० किलोमिटर मूल नहरको निर्माण प्रक्रिया अघि बढाउने र दोधारा चाँदनीतर्फ पनि नहर निर्माण प्रक्रिया अघि बढाइनेछ ।

आयोजना अन्तर्गत मूल नहर निर्माणको काम २०६३/६४ देखि सुरु भएको हो । एकीकृत महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमासम्म १२ सय मिटर मूल नहर भारतले निर्माण गर्नुपर्ने हो । उक्त नहर निर्माणमा भारतीय पक्षले ढिलाइ गरेकै कारण नेपालतर्फ पनि नहर निर्माणले गति लिन सकेको थिएन ।

भारतीय पक्षले १२ सय मिटर नहर दुई वर्षअघि निर्माण सुरु गरेर यसै वर्ष सम्पन्न भएपछि अब नेपालतर्फ पनि निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ । भारतीय पक्षले आफ्नो क्षेत्रको नहर परीक्षणपछि नेपालतर्फ पानी छाडेको हो । आयोजनाको मूल नहर निर्माणका लागि मात्रै हालसम्म ४ अर्ब खर्च भइसकेको छ । जसमध्ये १ अर्ब बढी रकम जग्गा अधिग्रहणमा खर्च भएको आयोजनाले जनाएको छ । ३ अर्ब संरचना निर्माणमा खर्च भएको हो । आयोजना सम्पन्न गराउन ३५ अर्ब खर्च हुने अनुमान गरिएको छ । अबको १० वर्षसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । (कान्तिपुरबाट)

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.