जिल्ला प्रशासन कार्यालय बैतडीमा विद्युतीय टोकन प्रणाली सुरु

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले विद्युतीय टोकन प्रणाली शुरु गरेको छ । कार्यालयले आइतबारदेखि पहिलोपटक विद्युतीय टोकन प्रणाली शुरु गरेको हो ।

सेवाग्राहीलाई सहज रूपमा सेवा दिन कार्यालयमा टोकन प्रणाली सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । उनले प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई सहजरूपले प्रदान गर्नका लागि विद्युतीय टोकनको व्यवस्था गरिएको र टोकनका आधारमा सेवा दिने कार्य शुरु भएको बताए ।

joshi vada pasal 2
bishal shuit house

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले टोकन प्रणालीका आधारमा जसले नाम दर्ता अगाडि गराएको छ, उसले अगाडि सेवा पाउने बताए । प्रशासन कार्यालयका सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन विद्युतीय टोकन प्रणाली प्रभावकारी हुने उनले बताए ।

‘सबैलाई समान किसिमले सेवा दिने वातावरण मिलाउन र सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली सुरु गरेका हौँ’ उनले भने ।

maya metro hospital

जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र लिन, नागरिकताको प्रतिलिपि लिन, राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न, राहदानी बनाउन र नाबालिग परिचयपत्र बनाउन लगायत सेवा लिन आउने सबैलाई टोकन प्रणालीका आधारमा सेवा दिने कार्य शुरु भएको हो ।

टोकन प्रणालीले लाइनमा उभिनुपर्ने झञ्झट हटेर सेवाग्राहीलाई सजिलो भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा हाल दैनिक सरखर १ सय ५० जनाले सेवा लिने गरेका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.