गोदावरीका नगरप्रमुख भट्टद्धारा दुर्गालक्ष्मी बनको अवलोकन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले वडा नं. २ मा रहेको दुर्गालक्ष्मी सामुदायीक बनको अवलोकलन गरेका छन । आईतबार सर्वदलिय टिम सहित उनले बनको अवलोकन गरेका हुन ।

maya metro hospital

अत्तरियाको पूर्व रोड वनखेतदेखि पहाड रोड अत्तरिया बसपार्क, लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेना नाममा देखिएपछि त्यसलाई फिर्ता ल्याउनका लागी सोही बराबरको जमिन अन्त दिने सहमती अनुसार बन अवलोकनको कार्य गरिएको नगरप्रमुख भट्टले बताए । उक्त बनको खाली क्षेत्र सेनालाई चलनभोगका लागी दिन मिल्ने छ छैन भन्ने विषयमा अवलोकन गरीएको उनले बताए ।

joshi vada pasal 2

तत्कालिन राज ज्ञानेन्द्रको शासन कालमा २०६१ सालमा उक्त क्षेत्र नेपाली सेनाको नाममा राखिएको भनिएपनि सो भन्दा अगाडी नै उक्त क्षेत्र स्थानीयको भोगचलनमा रहेको बताईदै आएको छ । गोदावरी नगरपालिकाले सोही जग्गामा बसपार्क निर्माण गर्ने योजना बनाएपछि मात्रै उक्त क्षेत्र सेनाको नाममा रहेको खुलेको थियो । सोही जग्गामा करिब ६१ घरधुरी स्थानीयको समेत परेपछि स्थानीयले सेनाको जग्गा अतिक्रमण गरेका हुन वा सेनाले स्थानीयले भोगचलन गरेको जग्गा आफ्नो नाममा गरको हो भन्ने बिषय स्पष्ट हुन सकेको छैन ।

यसअघि सोही विषयमा नगरप्रमुख भट्टले नेपाली सेनाको देवीदल गण तेघरीका गणपति सुनिल कुमार मल्ल छलफल गरेका थिए । लामो समयदेखि विवादमा रहेको सो जग्गा नगरपालिकाले आफ्नो मातहतमा ल्याएर बसपार्क लगायतका संरचना बनाउन चाहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.