गोदावरीका १२ वटै वडालाई १२ हजार बोट वितरण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा १२ हजार फलफुलका विरुवाहरु वितरण गरिएको छ । नेपाली कांग्रेसले नगरपालिकाको १२ वटै वडाहरुमा १ हजार वटा बोटका दरले १२ हजार विरुवाहरु वितरण गरेको हो ।

आईतबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नेपाली कांग्रेसका वडा नं. १ का वडासभापति शिवराज जोशीलाई विरुवा हस्तान्तरण गरेर वडामा विरुवा वितरण कार्यक्रमको शुभारम्भ गरेका थिए ।

joshi vada pasal 2

कार्यक्रममा बोल्दै उनले स्थानिय तहको निर्वाचन भन्दा अगाडी नै घोषणा गरिएको कांग्रेसले पाएको भोट बराबर बोट वितरण गर्ने योजना अनुसार सबै वडाहरुमा फलफुलका विरुवाहरु वितरण गरिएको बताए । उनले नगरका सबै घरहरुमा एक÷एक बोट वितरण गर्ने लक्ष्य रहेको बताए । यसअघि पनि नगरका शैक्षिक तथा धार्मिक क्षेत्रहरुमा विभिन्न प्रजातीका विरुवाहरु वितरण गरेको र अत्तरिया चोक देखी ६ लेन सडकको विचमा पनि बोट रोपिएको उनले बताए ।

bishal shuit house

maya metro hospital

उनले बोटविरुवाको वृक्षारोपणले नै मानिसलाई स्वस्थ राख्नमा मद्दत गर्ने उनले बताए । यसका साथै बोटविरुवाको वृक्षारोपणले नगरलाई हरियाली बनाउनमा सहयोग पुग्ने उनले बताए । ‘भोट बराबरको बोट’ अभियान अहिले कांग्रेसले सञ्चालन गरेपनि आगामी दिनहरुमा नगरलाई सुन्दर र हरियाली बनाउन उक्त अभियान नगरले सञ्चालन गर्ने उनले बताए । उनले उक्त अभियानमा सहयोग गर्ने कांग्रेसका क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकाया, गोदावरी नगरसभापति विर बहादुर चोखाल, कांग्रेसका युवा नेता लोक राज पाण्डेय (आगो) लगायतलाई धन्यवाद ज्ञापन गरे ।

यसैगरी नेपाली कांग्रेसका जिल्ला सदस्य प्रेम भट्टले स्थानिय तहको निर्वाचन अघि घोषणा गरेबमोजिम विभिन्न प्रजातीका विरुवाहरु वितरण गरिएको बताए । ‘मैले स्थानिय तहको निर्वाचमा गोदावरी नगरपालिकाको मेयरमा कांग्रेसले पाएको भोट बराबरका बोटहरु वितरण गर्ने घोषणा गरेको थिए’ उनले भने ‘सोही घोषणा बमोजिम कांग्रेसले मेयरमा पाएको १५ हजार ५ सय १ भोट बराबर बोटहरु वितरण गरिरहेको छु ।’

उनले केही दिन अघि मात्रै आफुले ३ हजार भन्दा बढी बोटहरु वितरण गरेको बताए । उनले नगरलाई ग्रिन नगरपालिकाका रुपमा चिनाउन उक्त अभियानले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनका अनुसार आईतबार नगरको वडा नं. १, २, ४, ५, ६, ७, ८ र ९ नम्बर वडामा विरुवाहरु वितरण गरिएको हो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.