अत्तरियामा मृत भेटिएका पदम धामीका परिवारलाई क्रिया खर्च सहयोग

अत्तरिया – कैलालीको अत्तरियामा शनिबार मृत फेला परेका पदम सिह धामीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । बैतडी दार्चुला साँस्कृतिक सम्बर्द्धन समिति गोदावरीले मृतक धामीका परिवारलाई क्रिया खर्च बाफत १० हजार सहयोग गरेको हो ।

समितिका अध्यक्ष लक्ष्मी राज पन्तले मृतक धामीकी धर्मपत्नी हसला धामीलाई गोदावरी आर्यघाटमै उक्त रकम हस्तान्तरण गरेका थिए ।

joshi vada pasal 2
bishal shuit house

बैतडीको सिगास गाउँपालिका – ४ घर भएका धामी रोजगारीका लागि भारत जाने क्रममा धामी अत्तरियाको धनगढी रोडमा मृत फेला परेका थिए । घरको आर्थिक अवस्था कमजोर भएका कारण रोजगारीका लागि भारत जाने क्रममा अत्तरियामा मृत्यु भएपछि अन्तिम संस्कार गर्न सहयोग पुगोस भनेर आर्थिक सहयोग गरिएको समितिले जनाएको छ ।

धामीको पोष्टमार्टम गरेर अहिले गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरिदै छ ।

maya metro hospital

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.