दार्चुलामा ११५ क्षयरोगी भेटिए 

 

दार्चुला – दार्चुलाका ९ वटै पालिकामा १ सय १५ क्षयरोगका बिरामी फेला परेका छन । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जनघनत्व बढी रहेको सदरमुकामको महाकाली नगरपालिकामा सबैभन्दा बढी क्षयरोगका बिरामी छन ।

bishal shuit house

महाकाली नगरपालिकामा ३७ जना र सबभन्दा कम अपीहिमाल गाउँपालिकामा २ जनामा क्षयरोगका बिरामी रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा महाकाली नगरपालिकापछि नौगाड गाउँपालिका २२ जना र शैल्यशिखर नगरपालिकामा १८ जनामा क्षयरोग देखिएका छन ।

joshi vada pasal 2

मार्मा गाउँपालिकामा १६ जना, ब्यास गाउपालिका तथा दुहु गाउँपालिकामा ५÷५ जनामा क्षयरोग देखा परेका छन । मालिकार्जुन गाउँपालिकामा ६ र लेकम गाउँपालिकामा ४ जना क्षयरोगी देखापरेका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.