डलरको मूल्य अहिले सम्मकै उच्च

काठमाण्डौं – अमेरिकी डलरको मूल्य अहिले सम्मकै उच्च पुगेको छ । शुक्रबारको लागि १ अमेरिकी डलरको १२८ रुपैयाँ ११ पैसा पुगेको नेपाल राष्ट्र बैैंकले जनाएको छ । यस्तै खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा रहेको छ ।

bishal shuit house

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा थप कमजोर बन्दा त्यसको प्रभाव नेपाली मुद्रमा पनि परेको छ । नेपाली र भारतीय मुद्रामा स्थिर विनिमय दर रहेको छ । जसले गर्दा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्ने गर्दछ ।

joshi vada pasal 2

असार १६ मा १२६ रुपैयाँ ६६ पैसा रहेको डलरको मूल्य २० असारमा १२६ रुपैयाँ ६३ पैसामा झरेको थियो । त्ययता पनि केही घटबढ हुँदै असार ३० गते १२७ रुपैयाँ ७२ पैसामा कारोबार भएको डलर पहिलो पटक १२८ रुपैयाँ पुगेको हो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.