उपसभामुखको लागि आज पुष्पा र विद्या भिड्दै

 

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ।सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ।

bishal shuit house

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन् भने भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन्।आज दिउँसो ३ बजे प्रतिनिधिसभामा उपसभामुखको लागित मतदानको कार्यतालिका सार्वजनिक भइसकेको छ।

joshi vada pasal 2

आज दुवै उम्मेदवारका प्रस्तावकले दाबी प्रस्तुत गर्नेछन् र समर्थकका तर्फबाट पनि वक्तव्य दिनेछन्। छलफल सकिएपछि दर्ता क्रमअनुसार निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई मत विभाजनसहितको प्रक्रियामा अघि बढाइनेछ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.