गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना

 

कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकीकमा पर्यटन सहायता कक्ष स्थापना गरिएको छ । नेपाल प्रवेशद्वार पश्चिमी नाका भीमदत्त नगरपालिका–११ गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा पर्यटन सहायता कक्ष एवं ट्राफिक पोष्ट स्थापना गरेको छ ।

maya metro hospital

प्रदेश पर्यटन विकास कार्यान्वयन एकाइको सहयोग, अस्थायी ट्राफिक प्रहरीपोष्ट गड्डाचौकीको समन्वय एवं होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा निर्माण भएको पर्यटन सहायता कक्षको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

joshi vada pasal 2

उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीको पर्यटन सहायता कक्षको उद्घाटन गर्दै पश्चिमी नाका गड्डाचौकी पर्यटनका लागि सम्भावित नाका भएकाले बताए । मन्त्री धामीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले थुप्रै योजना ल्याएको बताउँदै उनले गड्डाचौकी हुँदै उत्तर महाकाली करिडोर निर्माण गरेर उत्तरमा चीन र दक्षिणमा भारतसँग जोड्नका लागि गन्तव्य विस्तारमा जोड दिए ।

मन्त्री धामीले प्रदेशको पर्यटन विकासका लागि आफ्नो तर्फबाट थुप्रै कामकाज योजना अघि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.