बैतडीको सिगास – १ को वडा कार्यालयमा तालाबन्दी

बैतडी – बैतडीको सिगास गाउँपालिका – १ को कार्यालयमा तालाबन्दी गरिएको छ । बिहीबार कार्यालय बन्द हुने समयमा कार्यालयमा तालाबन्दी गरिएको हो । चार/पाँच जना महिलाहरु आएर वडामा तालाबन्दी गरेर फर्किएको वडा अध्यक्ष रामचन्द्र ऐरीले जानकारी दिएका छन ।

bishal shuit house

कोरोना प्रभावितले वडाबाट पाउनुपर्ने रकम नपाएको भन्दै स्थानीय महिलाहरुले तालाबन्दी गरेको जनाइएको छ । वडाध्यक्षले ऐरीले भने सो वडाका ६० जनालाई मात्र गाउँपालिकाले रकम वितरण गर्न भनेकोले सबैले रकम नपाएको बताए ।

joshi vada pasal 2

अति विपन्न परिवारका ६० जनालाई १० हजारका दरले रकम दिइएको वडा अध्यक्ष ऐरीको भनाइ छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.