रक्त सञ्चार केन्द्र टीकापुरद्धारा १ बर्षमा १ हजार ५०० पिन्ट रगत खपत

टिकापुर – नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र टीकापुरमा १ हजार ५०० पिन्ट रगत खपत भएको छ । केन्द्रले यस वर्ष टीकापुर अस्पतालमा उपचारमा आउने बिरामीका लागि रगत आपूर्ति गरेको हो। यसमध्ये केही पिन्ट रगत अन्य अस्पतालमा पनि लगिने गरिएको छ ।

bishal shuit house

दशक अघिदेखि रगत आपूर्ति गर्दै आएको रेडक्रसले अस्पतालमा आउने बिरामीलाई रगत आपूर्ति गर्दै आएको छ । रेडक्रसले रगत आपूर्ति गर्न थालेपछि अस्पतालमा आउने बिरामीले ठूलो राहत पाउन थालेका हुन् । रगत आपूर्ति सहज भएपछि अस्पतालमा शल्यक्रियाका बिरामी, सुत्केरी, रक्तअल्पताका बिरामी र सिकलसेलका बिरामीले राहत पाएका छन् ।

joshi vada pasal 2

नागरिकको रगत लिने तर अरुलाई आवश्यक पर्दा नदिने बानीले बिरामीलाई चाहिने रगत आपूर्तिमा समस्या थपिँदै गएको रेडक्रस उपशाखा टीकापुरका रक्तसञ्चार केन्द्र संयोजक टेकराज विनाडीले बताए ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.