फाप्लाको निर्माणकार्य अगाडी बढाउन गर्न ३ निर्णय

धनगढी – फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको धनगढीमा बुधबार बसेको पहिलो बैठकले मुख्य तीनवटा निर्णय गरेको छ । बैठकले कार्यालय स्थापना गरी आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरी मन्त्रालयलाई सिफारिस गर्ने, डीपीआर र इआईएको कार्य अघि बढाउन कार्यक्षेत्रगत सर्त तथा लागत अनुमान तयार गरी परामर्शदाता छनोट गर्ने र आर्थिक वर्ष २०७९/८० का लागि आवश्यक बजेट माग गर्ने निर्णय गरेको हो ।

jagaa add

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा बसेको बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन उक्त निर्णय गरेको छ । सुदूरपश्चिमेली क्रिकेटरहरूको बहुचर्चित ‘फाप्ला ड्रिम’ अभियानलाई साकार रूप दिने गरी सरकारले समिति गठन गरेको थियो ।

joshi vada pasal 2

समितिका सदस्य–सचिव शेरबहादुर बिसीका अनुसार धनगढी उपमहानगरपालिका, कृष्णपुर नगरपालिका, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय प्रमुख, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष, मनोनीत सदस्य कल्पना दियाकोटीलगायत पदेन सदस्यको उपस्थिति थियो ।

पत्रकार सम्मेलनमा मन्त्री गहतराजले सुदूरपश्चिमको धनगढीमा निर्माण सुरु हुन लागेको फाप्ला क्रिकेट मैदानलाई स्पोर्ट्स भिलेजको रूपमा विकास गरिन लागेको बताए । ‘यो एउटा क्रिकेट ग्राउन्ड मात्रै बन्ने छैन,’ उनले भने, ‘यो स्पोर्ट्स भिलेज बन्ने छ ।’ उनले सरकारको लगानीले मात्रै पूरा नहुने भएकाले स्थानीय, प्रदेश सरकार र निजी क्षेत्रको सहकार्य आवश्यकता रहेको बताए ।

समितिका संयोजक सुवास शाहीले निर्माण समितिलाई दिएको तीन वर्षको समावधि भित्रै परियोजना सम्पन्न गरिने विश्वास ब्यक्त गरेका छन । ‘यो सरकारको प्राथमिकतामा परेको योजना हो, समयमै पूरा गर्छौं,’ उनले भने । उनले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम निर्माण कामको सुरुवात भएको सुनाए ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...