काठमाडौँ – यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितेकी छन्।फाइनलमा २४ प्रतिस्पर्धिलाई उछिन्दै काठमाडौँकी प्रियंकाले मिस नेपाल वर्ल्ड–२०२२ उपाधि उचालेकी हुन्।

उनलाई मिस नेपाल नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिर्याइन्। शनिबार ललितपुरको गोदावरीमा सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको फिनाले सम्पन्न भएको हो। सरिसा श्रेष्ठ मिस नेपाल अर्थ घोषित हुँदा न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भइन्।
