गोदावरीलाई सुन्दर र व्यवस्थीत बनाउने मुख्य लक्ष्य छ : कडायत (अन्तरवार्ता/भिडियो)

कैलालीको गोदावरी नगरपालिकाको उपप्रमुखका लागी दोस्रो पटक रत्ना कडायतले उम्मेदवारी दिएकी छन । गठबन्धनको टिमबाट उम्मेदवारी दिएकी उनले पहिलो कार्यकाल एमालेबाट नगरउपप्रमुख जितेकी थिईन । अहिले एमालेकै उपप्रमुखसँगको प्रतिष्पर्धामा देखिएकी उनले चुनावमा आफ्ना कस्ता खाले एजेण्डा अगाडी सारेकी छन त, हेरौ अत्तरिया अनलाईनले कडायतसँग गरेको कुराकानीको सम्पादीत अंश :

maya metro hospital

१. दोस्रो चोटी उपमेयरमा उम्मेदवारी दिनुको कारण के हो ?

joshi vada pasal 2

देश संघियतामा गएसँगै पहिलो पटक स्थानिय तहको निर्वाचनमा सबै मतदाताले भारी मतका साथ विजयी गराउनुभएको थियो, त्यति बेला मैले धेरै कामहरु गरे । तर जती गर्नुपर्ने थियो, म सँग भएको भिजन सो गर्नुपर्ने थियो, टिमगत रुपमा काम गर्ने सन्दर्भमा त्यो सकिएन । त्यो कुराहरु पछिल्लो ५ वर्षमा धेरै सिकाई भएको छ, चाहे त्यो न्याय सम्पादनका क्षेत्रमा होस, चाहे त्यो हरेक सामाजिक र पुर्वाधार विकाशका क्षेत्रमा होस । फेरी पनि जनताका लागी केही गर्नुपर्छ भन्ने मनमा उब्जेको बेलामा पार्टीले पनि तपाई एक अब्बल महिला, फेरी उम्मेदवार बन्नुपर्छ भनेपछि म उम्मेदवार बनेको हु ।

तर मैले उपमेयरमा दोहोरीन खोजेको चाँही हैन, मेयर पदमा टिकट दिनुपर्छ र आम नागरिकको माग पनि हो, मैले एक पटक सरकार प्रमुख भएर महिलाको हिसाबले पार्टी भित्र कुरा पनि चलाएको थिए । यद्दपी स्थानिय निर्वाचनमा गठबन्धन भएको कारणले गर्दा त्यसलाई मध्यनजर गर्दै गोदावरी नगरपालिका कांग्रेसको भागमा परेपछि मैले पार्टीको निर्णय अनुसार उपमेयरमा उम्मेदवारी दिएकी हु । तर अव पनि मैले उपमेयरमा जिते भने नगरपालिकाको समग्र बाँकी रहेका काममा निरन्तरता दिने गरेर योजनाहरु संकलन गरी प्राथमिकताका आधारमा सबै वडालाई निष्पक्ष रुपमा अगाडी बढाउने सोचका साथ अघी बढीरहेकी छु ।

२. पहिला एउटै पार्टीको हुदाँ कार्य सम्पादनमा सहज भएन भन्नुभयो, अब फरक विचारधारा भएको गठबन्धनमा चुनाव लड्दा जितेपनि काम गर्न सहज होला भन्ने आधार के छ ?

यसमा कस्तो छ भने पहिला एउटै पार्टीबाट भएपनि कैलेकाही हामीले हरेक कामहरु पुरा गर्ने सन्दर्भमा चाँही सिस्टम, सुशासन, जवाफदेहिताका कुराहरु जोड्दाखेरी, अर्थपुर्ण सहभागीताका कुराहरु जोड्दा खेरी एउटै पार्टी भएर चाँही काम नहुने रैछ भन्ने मलाई अहिले महसुस भएको छ । एउटै पार्टीको भएपनि सबै कुरा मिलेर गर्न सकिन्छ भन्ने कुरा देखिएन । भिन्न पार्टी भएचाँही बरु नगरबासीका समस्याहरु यस्ता छन भनेर यी समस्याहरुलाई मध्यनजर गरेर मिलेर अगाडी बढ्न सकिन्छ जस्तो लाग्यो ।

त्यसैले अबको कार्यकालमा चाँही फरक पार्टीको भएता पनि ५ वर्षको थुप्रै सिकाईहरु भएको छ, कसरी प्लानिङ गर्ने, बजेटलाई कसरी ब्रेकडाउन गर्ने, समग्र गोदावरी नगरपालिकालाई विगतमा भनिएको स्मार्ट सिटी, ग्रिन सिटी, सफा सुन्दर सहर, समृद्ध गोदावरी बनाउने भन्ने कुराहरु छ, त्यसलाई साकार पार्नको लागी पनि अब टिमगत रुपमा मिलेर काम गर्न जरुरी छ । टिम एउटै भयो, पार्टी एउटै भयो, काम गर्न सकिन्थ्यो भन्ने कुरा चाँही गाह्रो भयो ।

तर अब फरक पार्टीको भएपनि राम्रो सँग छलफल गरेर टिमगत रुपमा काम ग-यो भने चाँही सकिन्छ । अहिले नेपाली कांग्रेसको तर्फबाट मेयर पदको उम्मेदवार हुनुहुन्छ बिरेन्द्र भट्ट, उहाँले समग्र टिमलाई हाँकेर लानुहुन्छ र ५ वर्षको सिकाइ पनि भएको छ, त्यो सिकाई उहाँसँग शेयर गर्दै आगामी दिनमा मिलेर काम गर्नेछौ भन्ने कुरा मैले महसुस ग¥या छु ।

३. उपमेयरमै खुम्चिनुपर्दा कस्तो महसुस भैरहेको छ ?

उपमेयर पद भनेको जहिले पनि चुप लागेर बस भन्ने जस्तो पद देखिन्थ्यो भनेर मैले पहिला पनि भन्ने गर्थे । र पनि मैले उपमेयरमा चुप लागेर बस्दिन, मलाई एक चोटी नगरको प्रमुख भएर काम गर्ने अवसर दिनुस, किनकी आम नागरिकहरुले उपमेयरमा रत्नाले ५ वर्षे कार्यकाल चलाइ सक्नुभएको छ, मेयरमा आए राम्रो हुन्छ भन्ने कुरा धेरै ठाउँबाट सुनिन्थ्यो ।

मैले न्याय सम्पादनको क्षेत्रमा पनि ५ वर्षमा ३५७ भन्दा बढी मुद्धाहरु दर्ता गरेर न्याय सम्पादन प्रकृृयालाई पनि अलि व्यवस्थीत रुपमा अगाडी बढाएको हो । गोदावरी नगरपालिकालाई विधि पद्धतीका आधारमा नै न्यायीक शाखाका कामहरु अगाडी बढायौ । हामीले प्रावधान त बसाल्यौ तर कार्यकाल सकियो, धेरै काम गर्न अझै बाकीँ रहेका छन । त्यसैले उपप्रमुखमै भएपनि धेरै लामो अनुभव पछाडी अबको कार्यकाल सहज हुनेछ भन्ने विश्वास छ ।

४. घोषणा पत्रमा मुख्य कुरा के उल्लेख गर्नुभएको छ ?

गठबन्धनको आधारमा चुनावमा होमिएका छौ । यसमा चाँही सबै दलहरुका आ–आफ्नै केन्द्रीय प्रदेशको घोषणा पत्र छन । पालिकास्तरमा हामीले त्यो घोेषणा पत्रलाई मध्यनजर गर्दै सबैको जोडेर संयुक्त रुपमा २५ बुँदे एजेण्डा सहितको प्रतिबद्धता पत्र बनाएका छौ । त्यसमा चाँही विशेष रुपमा अत्तरिया बजारलाई सुन्दर र व्यवस्थीत बनाउने कुरा छ । यहाँका ठेलाछाप्राहरुलाई व्यवस्थीत बनाउने कुरा छ । हामी जितेर गयौ भने हाम्रो पहिलो लक्ष्य नै गोदावरीलाई सुन्दर र व्यवस्थीत बनाउने छ ।

त्यसपछि अव्यवस्थीत बसोबासी र भुमीहिन सुकुम्बासीका कुरा छन, त्यसको धेरै प्रकृया अगाडी बढिसकेको छ, अब पुर्जा मात्रै नागरिकको हातमा दिन बाँकी छ । छाडा चौपायाको लागी पनि योजना बनाएका छौ । त्यसैगरी एकल महिला, युवा, अपांगता भएका व्यक्तिहरुको हकमा पनि निश्चित योजना बनाएका छौ ।

५. गोदावरीमा गठबन्धनको जित कत्तीको सहज छ ?

मलाई लाग्छ गोदावरीको हकमा गठबन्धनकै जित सुनिश्चित छ । समग्र रुपमा नगरभित्र बुझ्दा गठबन्धनको टिम बलियो छ । नगरबासीले पनि पहिला खारिएर आएको उपप्रमुख र क्षमतावान, अब्बल र भिजन भएको नगरप्रमुख भएकाले गठबन्धनको टिमलाई सहयोग गर्ने बताउदै आएका छन । त्यसैले गोदावरीमा गठबन्धनको विकल्प छैन ।

६. गठबन्धनले मत बदर हुने सम्भावना छ, मतदाता शिक्षालाई कसरी अगाडी बढाउनुभएको छ ?

त्यसको लागी गठबन्धनमा सहभागी सबै दलहरुले आ–आफ्नो वडा र टोलमा मतदाता शिक्षा दिनका लागी युवा तथा महिला दिदिबहिनीहरुलाई खटाएको अवस्था छ । मेरै पार्टीले पनि प्रत्येक वडामा १० देखी १२ जनालाई मतदाता शिक्षाका लागी खटाएको छ । त्यसले गर्दा गठबन्धनलाई मत बदर हुन्छ र जित्दैनकी भन्ने आशंका पैदा भएको छ, त्यो ठिक हैन । अहिले सबैको मुखमुखमा गठबन्धन झुण्डिएको छ, गठबन्धन नै जित्छ ।

७. समाजवादीबाट स्वतन्त्र उम्मेदवारी परेको छ, त्यसले गठबन्धनलाई कत्तिको प्रभाव पार्छ ?

त्यसले गठबन्धनलाई केही फरक पर्दैन । पार्टीले कारबाही गरिसकेको अवस्था छ, अनुगमनको टिममा सबै नेताहरु खटिनुभएको छ, त्यसैले त्यो स्वतन्त्र उम्मेदवारीले गठबन्धनलाई खासै प्रभाव पार्दैन ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.