युवा र स्थानीय चुनाव

 

बिष्णु बहादुर बडैला (विद्यार्थी नेता) –  नेपालमा आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन लागेको छ । निर्वाचनमा युवा पुस्ताको सक्रियता बढेको देखिन्छ । ‘युवा’ भन्नाले १६ देखि ४० वर्षसम्मका नागरिकलाई जनाउछ  । तर, हाम्रो देशमा मतदान गर्नका निमित १८ बर्ष पुगेको हुनु पर्छ । हाल निर्वाचन आयोगको तथ्यांक अनुसार जम्मा मतदाताको संख्या १ करोड़ ७७ लाख ३३ हजार ७ सय २३ रहेको छ । जसमध्ये १८ देखि ४० बर्षसम्मको संख्या ८७ लाख ३२ हजार ६ सय ८८ रहेको छ जून जम्मा मतदाताको ४९. २४ %  हुन आउछ ।  २०७४ सालको स्थानीय चुनावको  नौलो अनुभव पछि आउदै गरेको बैशाख ३० गते  ७५३ वटा पालिका र ६,७४३ वडामा देशभरका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि आवश्यक ३५,२२१ पदका लागि  निर्वाचन हुँदैछ ।  स्थानीय चुनावमा राजनीतिक दल भन्दा पनि स्थानीय राम्रो ब्यक्तिलाई हेर्ने गरेको कुरा हामी २०७४ सालको चुनावबाट मूल्यांकन गर्न सक्छौ ।

jagaa add

तेसैले स्थानीय चुनावमा पार्टीका कार्यकर्ता र नेतालाई हेरेर चुनावी नतीजा आकलन गर्नु तेति उचित मनीदैन । अझै खास गरी बैसाख ३० गते हुने निर्वाचनमा झण्डै ५०% मत युवाले भोट हाल्दै छन । अझै खासगरी भन्ने हो भने १८ देखि २२ बर्ष पुगेका ११ लाख ४७ हजार ५२ जनाले पहिलो चोटी मतदान गर्दै छन उक्त मत आफ्नो पक्षमा पार्न हरेक राजनीतिक दल युवा केन्द्रित चुनावी घोषणा पत्र बनाउनमा  जुटीरहेका छन  भने नेकपा एकीकृत समाजवादी र राप्रपाले घोषणा पत्र सार्बजनिक गरिसकेका छन ।  नेपालमा २०७४ सालको निर्वाचनमा १ करोड़ ५ लाख  ८७ हजार ५ सय २१  जनाले मात्र भोट हालेका छन । जुन जम्मा जनसंख्याको १ तिहाई मात्र हो । हाल नेपालमा जम्मा जनसंख्याको  १ तिहाई जनसंख्याले  मात्र भोट हाल्छ्न जून दुःखद् कुरा हो । र, यसका विभिन्न कारणहरु छन  । देशको धेरै जनसंख्याले मतदाता नामावली नबनाएको, लाखौंको संख्यामा विदेश गएका कारणले नेपालमा कम भोट खस्ने गरेको पाइन्छ ।

joshi vada pasal 2

विदेश गएको ठूलो संख्या जब नेपाल फर्किन्छ र नेपालमा भएका जनसंख्याको जून दिन २ तिहाई मतदाताले  मात्र भोट हाल्नेछन  त्यो दिन नतीजा फरक आउन सक्छ । हरेक वडा र पालिकामा युवाहरु उम्मेदवारका  लागि आफुलाई फरक तरिकाले प्रस्तुत गरिरहेका छन । गत निर्वाचनमा भन्दा यसपटक युवाहरुको अपेक्षा बढ्दो छ तेसैले बैसाख ३० गते हुने चुनावको नतीजा फरक आउने आकलन गर्न सकिन्छ  ।

युवाका चुनौती र अवसर 

नेपालमा युवालाई  प्राथामिकता दिनूपर्ने  सबै राजनीतिक दलका शीर्ष नेताले धारणा प्रस्तुत गरेपनि कार्यान्वयन गर्न सकीरहेका छैनन् । जसकारणले युवाले थुप्रै चुनौतीको सामना गर्नु परेको छ । गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी; युवा पलायन; कमजोर स्वास्थ्य, पोषण र मनोबल; युवामैत्री लगानी र उद्यमशील वातावरणको अभाव; लैंगिक, क्षेत्रीय, जातीय असमानता; तथा विश्वव्यापीकरण र उदारीकरणले ल्याएका नकारात्मक प्रभाव नेपाली युवाका समस्या एवं चुनौतीका रुपमा रहेका छन् । त्यसै गरी वर्तमान सन्दर्भमा नेपाली युवाका सम्भावना र अवसरहरु पनि उत्तिकै छन् । लोकतान्त्रिक, संघीय शासन प्रणाली र विकासमा सार्थक सहभागिताको अवसर; कृषि, पर्यटन, जलस्रोत लगायतका प्राकृतिक साधन स्रोतको प्रचुरता, बैंक, सहकारी, लघुबित्तको बढ्दो सञ्जालबाट आर्थिक साधन स्रोतमा बढ्दो पहुँच; औपचारिक, व्यवसायीक शिक्षाको बढ्दो सञ्जाल सबैलाई शिक्षा कार्यक्रम, लक्षित समूह एवं भौगोलिक क्षेत्र केन्द्रित विभिन्न कार्यक्रमको विस्तार, सचेतना विस्तारमा विकास साझेदारको बढ्दो सञ्जाल, ठूलो संख्यामा रहेको बैदेशिक रोजगारको अवसर र त्यसबाट प्राप्त सीप, अनुभव र साधन स्रोतको उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै आन्तरिक रोजगारी सिर्जनाको अवसर यसतर्फका अवसर हुन् ।

माथिका चुनौती र अवसर बारेमा आजका दिन सम्म नत सरकार नै जिम्मेवार बनेको छ नत युवाहरु नै जिम्मेवार देखिन्छन ।  भनिन्छ आफूलाई पर्ने समस्याको पीडा जती आफू लाई थाहा हुन्छ तेति अरूलाई थाहा हुन सक्दैन ।  तेसैले अब स्थानीय चुनाव नजिकिदै गर्दा अधिकांस ठाऊबाट  युवाहरु उम्मेदवार बनी विजय भएर आफू जस्ता लाखौं युवालाई लक्षित हुने गरी कार्यक्रम ल्याएर माथिका चुनौती  र अवसारलाई  प्रथामिकतामा राख्न जरूरी छ ।

चुनावका  प्रति युवाको सोच

२०७४ सालको स्थानीय चुनावबाट २०७९ बैसाख ३० गते हुने स्थानीय चुनावमा पुग्दा ३६ लाख ५९ हजार २ सय ९९ मतदाता थापिएका छन । नयाँ मतदाता वडा–वडा, टोल–टोलमा छरिएका हुन्छन् । परिवारका अगुवाको आस्था जुनसुकै पार्टीमा भए पनि युवा भने स्वतन्त्र मतदाता हुनु पर्छ । युवा मतदाताका नयाँ सोच र नयाँ माग हुन्छन् । जसलाई दलहरूले अघि पछि पूरै बेवास्ता गर्छन् तर चुनाव नजिकिदै गर्दा युवाहरु हाम्रा भोलिको पूस्ता हुन भनेर प्रस्तुत गर्दछन तर वास्तवमा जून देशले युवालाई आजका लागि प्रस्तुत गरेका छन त्यो देशको विकास भएको देखिन्छ । तर, जून देशमा युवा पूस्तालाई भोलिका लागि प्रस्तुत गरेका छन ती देशमा तुलनात्मक रुपमा कम विकास भएको पाइन्छ । यसपटक युवाहरुले भोलिका लागि प्रस्तुत गर्न प्रबृती तोड़न जरूरी छ । नयाँ मतदातामध्ये केही युवाहरु राजनीतिमा मलाई चासो छैन र भोटै हाल्दिनँ भन्दै राजनीतिक दललाई गाली गर्दै हिडदछन । उनीहरू सबै राजनीतिक दलसँग रिसाएका हुन्छन् । भयानक आक्रोश हुन्छ । तर, आक्रोश अभिव्यक्त गर्ने सबैभन्दा ठूलो अस्त्र मतपत्र हो भन्ने उनीहरूले बुझेका छैनन् । न त कसैले बुझाउन नै सकेका छन । युवाको सोच अत्यन्तै रचनात्मक, स्वार्थरहित र वास्तविकतामा आधारित हुन्छ । तर, नेपालमा राजनीति शब्द यति बदनामित छ की युवाहरुमा  न त राजनीति गर्न नै रुचाउछन न त कुनै नेता तथा राजनीतिक दललाई नै रुचाउछन ।

मेरो एक जना  सी. ए. पढने मित्र सक्षम तिवारी म बस्ने घरमा बस्नु हुन्छ  । उहा संग प्राय बिहान र राति  स्थानीय चुनावका सन्दर्भमा युवाका बारेमा हामी विशेस गफ गर्छौ । उहा भारतको दिल्लीमा लगभग ३ बर्ष बस्नु भएछ । उहाले भारतको राजनीति र बिशेष गरी दिल्लीका मुख्यमन्त्री के जरिवाल बारेमा धेरै जान्ने मौकÞा पाउनु भएछ । दिल्लीमा जनताका आधारभूत पक्षहरु शिक्षा , स्वास्थ्य, खानेपानी, बिजुली, सरसफाई र  रोजगारलाइ राजनीतिक एजेण्डाका रुपमा उठाई भ्रष्टचार अन्त्य गरी साचिकै जनताका आधारभूत पक्ष पूरा गरी  दिल्लीका मुख्यमन्त्री एक असल राजनीतिज्ञका रुपमा विश्वमा परिचित छन भने नेपालमा बिजुली नभएको घरमा पहिला बिजुली नदिएर फ्रिज राख्ने सोचका एजेण्डाले देश विकास नभएको उहाले बताउनुहुन्छ । तिवारी एक परिपक्व युवा हुन उनले भोट दिदै गर्दा समाज र देशको भविष्य बारे सोचेर राम्रो उम्मेदवारलाई भोट दिनेमा म ढुक्क छु ।  फरक परिवेशमा मेरा एक जना मित्र हुनु हुन्छ उहालाई मैले २ दिन अघि मात्र भेटेको थिए ।  प्रसंगबस चुनावमा घर जाने र नजाने कुरा उठ्यो । उहाको जवाफ थियो, ‘कसैले खातामा आउने जाने प्लेनको भाड़ा हालीदीए जान्छु नत्र जादीन होला यार’ म उहाँकों जवाफ सुनेर हासे र भने तपाई जस्तो युवाले नै हो यार हाम्रो जनप्रतिनिधिलाई भ्रष्टचार गर्न बाध्य बनाउने । अनी उनले भने ‘हाम्लाई बाल अनी ल ल भन्दै हामी छुटीयौ ।’

साथसाथै यसमा एक जना अर्को साथीको कुरा पनि जोड़न चाहन्छु । म सँगै पढ़ने एक जाना साथी लाई मेसेन्जरबाट भिडियो कल गर्दा मैले सोधेको थिए स्थानीय चुनावमा त भोट हाल्न जाने हैन त ?, उहाको जवाफ थियो ‘मलाई आयोगको तयारी गर्न समय पूगी रहेको छैन कहाँ बाट भोट हाल्न जानू प्रेसर छ यार जसरी पनी नाम निस्काउनु छ  लाज भैसक्यो’ अनी मैले समाज र देशको भविष्य भन्दा तपाईलाई आफ्नो भविष्य प्यारो लाग्छ के भन्नु तपाईलाइ भन्दै थिए ल ल मेरो कलास छ राख्छु ल भनेर साथी ले भने, अनी मैले हस हजूर शुभकामना भने र, फोन राखे ।  यसरी मेरा ३ जनाका साथी बाट यो  पुष्टि  हुन्छ की युवाले जिम्मेवारी, बाध्यता र स्वार्थपनका कारणले चुनावलाई गम्भीर रुपमा लिन सकेका छैनन् । तर, उहाँहरुलाई यो जानकारी छैन की सबैखाले समस्या सामाधान गर्ने एउटै  मात्र अस्त्र मतदान हो ।  अब आउने आगामी चुनावमा  मतदान को महत्व बारे विभिन्न तहका विधार्थीलाई  पाठ्यक्रम मार्फत  र जनतालाई बिभिन्न प्रशिक्षण र सञ्चार मार्फत सूचित गराउनु र देशमा सबैलाई सहज हुने अवस्थामा मात्र चुनाव हुन जरूरी छ ।

निष्कर्ष

युवाहरू नेतृत्व र निर्णय क्षमता राख्न सक्दैनन् भन्ने पुरानो सोचलाई चुनौती दिने बेला आएको छ र तिनै हिजोका युवा आजका नेतृत्वले ल्याएको राजनैतिक र सामाजिक परिवर्तनलाई आत्मसाथ गर्दै अझै सघन रुपमा स्थापित गराउन र सुदृढ बनाउदै कार्यान्वनमा दिशामा चुस्त दुरुस्त परिपक्क बनाउन अब आजका युवाले पालो लिनु पर्छ, अवसर खोज्नु पर्छ र समाज र राष्ट्र बनाउन अघि सर्नुपर्छ । तर ‘एक थुकि सुकी, सय थुकि नदी’ भने जस्तो हामी एकजुट हुन् जरूरी छ, युवा एकता आवश्यक छ र अपरिहार्य समेत छ । राजनीतिक अस्थिरता, अनियमितता, भ्रष्टचार, लाचारीपन, ढिलासुस्ती, सामाजिक कुरीति, विभेद र अन्धविश्वास विरुद्धमा र निःशुल्क शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात,   सञ्चार र रोजगारका पक्षमा  सम्पूर्ण युवाहरु एकजुट भएर खबरदारी गर्ने मात्र हैंन अब युवा कार्यान्वयन अर्थात नीति  निर्माण को तहमा पुग्न जरूरी छ ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...