दार्चुलाको धौलीओडारमा पर्यटकीय आवासगृह भवन निर्माण

दार्चुला – अपी हिमाल गाउँपालिका–१ स्थित धौलीओडारमा पर्यटकीय आवासगृह निर्माण गरिएको छ । सुदूरपश्चिम उद्योग पर्यटन वन वातावरण मन्त्रालयको कूल २५ लाख लागतमा भवन निर्माण गरिएको हो । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले संरक्षण क्षेत्रभित्र संरचना बनेकामा आपत्ति जनाए ।

maya metro hospital

डिभिजन वन कार्यालय दार्चुलाका प्राविधिक राजेन्द्र रैखोला पर्यटकीय आवासगृह निर्माण गर्दा अपी नाम्पा संरक्षण क्षेत्रसँग समन्वय गरिएको बताए । ‘हामीले आवासगृह निर्माण गर्ने विषयमा भेटेरै छलफल गरेका छौँ,’ उनले भने, ‘तर लिखित कागज केही गरिएन ।’

joshi vada pasal 2

यसैबीच सोही मन्त्रालयकै सहयोगमा व्यास गाउँपालिका–१ तिङ्करको डोकाङमा पर्यटकीय आवासगृह निर्माण हुने भएको छ । जिल्लाको दुई ठाउँमा पर्यटकीय आवासगृह निर्माण हुन लागेको हो ।

डोकाङमा काठबाट आवासगृह निर्माण हुन नसक्ने भएपछि ट्रसबाट निर्माण गरिन लागेको प्राविधिक रैखोलाले बताए । कूल २५ लाख लागतमा भवन निर्माण गर्न नारायणसिंह तिङ्करीले सम्झौँता हस्ताक्षर गर्नुभएको जनाइएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.