दार्चुलास्थीत महाकाली नदिमा हाम फालेर महिलाको मृत्यु

दार्चुला – महाकाली नदीमा हाम फालेर एक महिलाको मृत्यु भएको छ । दार्चुलास्थित महाकाली नदिमा हाम फालेर अन्दाजी २६ वर्षिया दमन्ती धामीको मृत्यु भएको हो ।

maya metro hospital

जिल्लाको महाकाली नगरपालिका – ४ स्थित रोशन वियर वारमा काम गर्ने धामीले आईतबार बिहान १० बजे नदिमा हाम फालेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

नदीमा हाम फालिरहेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले करिव २ किलोमिटर तल वडा नम्बर ५ नमस्कार मन्दिरको किनार महाकाली नदीबाट शव निकालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.