चौधरी फाउन्डेशनद्धारा धनगढीका ५ विपन्न परिवारलाई जस्तापाता सहयोग

अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिकामा रहेका ५ विपन्न परिवारलाई जस्तापाता सहयोग गरिएको छ । चौधरी फाउन्डेशनले उपमहानगरपालिकाका अति विपन्न दलित, जनजाती तथा एकल महिलाका ५ परिवारलाई जस्तापाता सहयोग गरेको हो ।

फाउन्डेशनले घरको छाना छाउनका लागि उक्त परिवारलाई रंगीन जस्तापाता उपलब्ध गराएको चौधरी ग्रुपका सुदूरपश्चिम प्रादेशीक कार्यालय प्रमुख वंशिराम चौधरीले बताए ।

joshi vada pasal 2
bishal shuit house

उनले धनगढी उपमहानगरपालिकामा बसोबास गर्ने अति विपन्न दलित, जनजाति तथा एकल महिलाका परिवारलाई सामाग्री उपलब्ध गराएको बताए ।

उनका अनुसार सामाग्री प्राप्त गर्नेमा उपमहानगरपालिकाको वडा नं. १ का बेसरी दमाइ र मंगला आउजी, वडा नं. २ का चम्पी लुहार, वडा नं. १२ का काली चौधरी र सावित्री मगर रहेका छन् । फाउण्डेशनले रुडुक नेपालका जिल्ला सचिव मार्फत घरधनीहरुलाई सामाग्री उपलब्ध गराएको उनले बताए ।

maya metro hospital

घर निर्माण सामाग्री खरिद गर्न सीजी फुड इन्टरप्राइजेज बर्दियाको आर्थिक सहयोग रहेको उनले बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.