सुदूरपश्चिम सरकारमा असन्तुष्टि

धनगढी – सुदूरपश्चिम प्रदेशमा एकाएक गरिएको मन्त्रीमण्डल हेरफेरमा सत्ता गठबन्धनभित्रै चरम असन्तुष्टि देखिएको छ । शुक्रबार मध्यरातिदेखि आचारसंहिता लागू हुने र त्यसअघि सरकारमा सहभागी नगराए स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने भन्दै कांग्रेसले चेतावनी दिएपछि एकाएक काँग्रेसमा सरकारमा सहभागी गराइएको हो ।

सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीभित्र पार्टीले सरकारको नेतृत्वका लागि पहल नगरेको, ६ महिनाअघि मात्रै मन्त्री भएकाहरूलाई छानीछानी पूर्वाग्रही ढंगले हटाएको र थपिएका मन्त्रीहरूमा पनि एक जना महिला नराखिएको भन्दै असन्तुष्टी बढेको हो । शुक्रबार नेकपा एकीकृत समाजवादीले आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र सामाजिक विकासमन्त्री लालबहादुर खड्कालाई फिर्ता बोलाएको थियो । आन्तरिक मामिलामा कांग्रेसका रणबहादुर रावल र सामाजिक विकासमन्त्रीमा कांग्रेसकै गोविन्दराज बोहरालाई नियुक्त गरिएको छ ।

joshi vada pasal 2

त्यस्तै, सामाजिक विकास राज्यमन्त्री रहेकी मनकुमारी साउदलाई पनि फिर्ता बोलाइएको छ । उनको स्थानमा कांग्रेसका टेकबहादुर रैका नियुक्त भएका छन् । तर, समाजवादीभित्र आर्थिक मामिलामन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाएर समाजवादीकै प्रकाशबहादुर रावललाई मन्त्री बनाएपछि असन्तुष्टि बढेको हो । रावल यसअघि वन राज्यमन्त्री भएका थिए । उनका विषयमा सहकारीको रकमबारे समाचार आएपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो ।

नेकपा हुँदादेखि नै मन्त्री भएकाहरू भने अहिले पार्टी विभाजन भएर समाजवादी भएपछि पनि मन्त्री पदमा छन् । नेकपा हुँदा सामाजिक विकास मन्त्री भएका दीर्घ सोडारी अहिले भौतिक पूर्वाधार विकास मन्त्री छन् । ‘छानीछानी अछाम घर भएकाबाहेकका मन्त्रीहरू हटाइएको छ,’ समाजवादीका एक प्रदेश सांसदले भने ।

maya metro hospital

अहिले नेकपा एसका कैलाली जिल्ला इन्चार्जसमेत रहेका दीर्घ सोडारी र समाजवादीकी प्रदेश इन्चार्ज मदनकुमारी शाह (गरिमा) पनि अछामबाट झरेका हुन् । समाजवादीका ती सांसदले, दुवै जनाले भूगोलको राजनीति गरेर मन्त्री हटाएको आरोप लगाए । फिर्ता बोलाइएकी जोशी डोटी र तामाङ कञ्चनपुरका हुन् । आर्थिक मामिलामन्त्री बनाइएका प्रकाशबहादुर रावल अछामका हुन् ।

समाजवादीमा नेतृत्वका लागि पहल नगरेको भन्दै असन्तुष्टि

सुदूरपश्चिम प्रदेश सभा ५३ सदस्यीय हो । नेकपा हुँदा नेकपा माओवादी केन्द्रबाट जितेका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा पार्टी विभाजनपछि एमालेमा लागेकाले उनको पद रिक्त छ । अहिले प्रदेशसभा ५२ सदस्यीय छ । त्यसमध्ये पनि नेकपा (एस) का १४ सांसदसहित ठूलो दल छ । माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका ११, जसपाका १ र लोसपाका १ गरी ५२ सदस्यीय प्रदेशसभा छ ।

bishal shuit house

‘१४ सांसद भएको समाजवादीले मुख्यमन्त्री माग्नुपथ्र्यो, तर, मागेन’ एक प्रदेशसभा सदस्यले भने ‘कसै–कसैलाई मन्त्रीमै भ्याइनभ्याइ छ । नेतृत्वका लागि किन पहल गर्थे ?’

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट सुरुदेखि मुख्यमन्त्री छन् । प्रदेश सरकारमा माओवादीका दुई मन्त्री र एक राजज्यमन्त्री छन् । उद्योग वन वातावरण तथा पर्यटनमन्त्रीमा मानबहादुर धामी, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा विनिता चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार छन् ।

समावेशी नभएको भन्दै असन्तुष्टि

नेकपा एस र कांग्रेसभित्र पनि मन्त्रिमण्डल हेरफेरपछि समावेशी नभएको भन्दै असन्तुष्टि बढेको छ । शुक्रबार मात्रै सरकारमा गएको कांग्रेस संसदीय दलमा चार जना महिला सांसद छन् । तर, एक जना पनि महिला मन्त्री बनाइएनन् ।

बादी समुदायबाट प्रतिनिधित्व गरेकी उमा बादी, दार्चुलाबाट समानुपातिक सांसद नन्दाकुमारी बम, कैलालीबाट अम्बिका थापा र प्रदेशसभाकै ज्येष्ठ सदस्यका रूपमा रहेकी टीकेश्वरी शाह गरी ४ जना कांग्रेसका प्रदेश सांसद (महिला) छन् । ज्येष्ठ प्रदेश सांसद भएकै कारण टीकेश्वरी शाहले संसद्को पहिलो बैठकसमेत सञ्चालन गरेकी थिइन् ।

‘३ जना सरकारमा सहभागी हुँदा १ जना पनि महिला नपनु कांग्रेसको अलोकतान्त्रिक र असमावेशी निर्णय हो,’ एक महिला प्रदेशसभा सदस्यले भनिन्, ‘बाहिर समावेशिताका खोक्रा नारा दिएर हुन्छ ?’ नेकपा एसले पनि यसपालि गरिएको हेरफेरमा एक जना पनि महिला प्रदेशसभा सदस्यलाई मन्त्री बनाएन । अहिले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा कुलवीर चौधरी (नेकपा एस), आर्थिक मामिला राज्यमन्त्रीमा अमरबहादुर साउद (नेकपा एस)लाई नियुक्त गरिएको छ ।

‘एक फुल मन्त्री र तीन राज्यमन्त्री (महिला) फिर्ता बोलाउदा एक जना पनि महिला नथप्नु भनेको लोकतान्त्रिक पद्धतिविपरीत हो । यो कुरा बैठकमा उठाइन्छ,’ समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्णा जोशीले भनिन । सुदूरपश्चिमको ११ सदस्यीय मन्त्रिमण्डलमा माओवादी केन्द्रका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी मात्रै महिला छिन । शुक्रबार दिउँसो उनको स्थानमा पनि वीरमान चौधरीलाई ल्याउने चर्चा चलेको थियो । तर, महिलाविहीन हुने भएकाले पनि उनलाई फिर्ता नबोलाइएको बताइएको छ ।

जनता समाजवादीको पनि असन्टुष्टि

जनता समाजवादी पार्टी केन्द्रीय गठबन्धनको साझेदार हो । सुदूरपश्चिममा उसको एक मात्र सांसद छ । सांसद् मालामती रानाले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन सरकारले एक मात्र सांसद भएकाले हेपेको आरोप लगाइन् । उनले, सरकारमा रहेका ३ दलहरू नेकपा एस, माओवादी केन्द्र र कांग्रेसले एक मात्र सांसद भएकाले उपेक्षा गरेको आरोप लगाइन् । कांग्रेस सरकारमा गएपछि सुदूरपश्चिममा अब ३ दलको २ तिहाइ (३९ सांसद) को सरकार बनेको छ । (अन्नपुर्णबाट)

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.