चाहदाचाहदै पनि सबै काम गर्न नसकेकोमा क्षमा चाहन्छु : पुर्व राज्यमन्त्री चौधरी

अत्तरिया – सुदूरपश्चिम सरकारकी पुर्व भौतिक पूर्वाधार राज्यमन्त्री चुन कुमारी चौधरीले चाहदाचाहदै पनि सबै काम गर्न नसकेकोमा क्षमा मागेकी छिन ।

प्रदेश सरकारबाट शुक्रबार फिर्ता बोलाइएकी पुर्व राज्यमन्त्री चौधरीले सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै चाहदाचाहदै जनचाहना अनुसार सबै काम गर्न नसकेको क्षमा मागेकी हुन ।

joshi vada pasal 2
bishal shuit house

‘चाहदाचाहदै पनि जनचाहना अनुसार सबै काम गर्न नसकेको पनि हुला त्यसको लागि हृदयदेखि क्षमा चाहन्छु’ उनले लेखेकी छिन ‘विविध कारणका बाबजुट पद, क्षमता र योग्यताले भ्याएसम्म जनतालाई न्याय दिने काम पूर्ण रुपमा कटिवद्ध भएर गर्ने प्रयास गरे जस्तो लाग्यो ।’
उनले आफू पदमा नरहेपनि जनताको सेवामा लागिरहने प्रतिवद्धता समेत जनाएकी छिन ।

‘मैले मन्त्रालयमा रहेर काम गर्ने शिलशिलामा मन्त्रालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, आम जनताले गरेको सहयोग सल्लाह र सुझाव मेरो लागि सदैव सिकाई र उर्जावान रह्यौ’ उनले लेखेकी छिन ‘म पदमा रहे पनि नरहेपनि मेरो निर्वाचन क्षेत्रका जनता तथा समग्र सुदूरपश्चि प्रदेशका जनताको सेवा र पक्षमा लागिरहने प्रतिबद्धता जनाउन चाहन्छु ।’

maya metro hospital

उनले समग्र सुदूरपश्चिम तथा निर्वाचन क्षेत्रका जनताका हरेक समस्या आफ्नै सम्झेर समाधान गर्ने प्रयास गरेको दावी गरेकी छिन ।
राज्यमन्त्रीका रुपमा चौधरीले सुदूरपश्चिम सरकारमा रहेर १० महिना काम गरेकी थिइन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.