यसरी बन्यो साक्षर कृष्णपुर

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका जिल्लाको पाँचौ पालिकाका रुपमा साक्षर घोषणा भएको छ । यसअघि कञ्चनपुरमा लालझाडी गाउँपालिका, बेल्डाडी गाउँपालिका, बेदकोट नगरपालिका र शुक्लाफाटा नगरपालिका साक्षर घोषणा भइसकेका छन । नेपाललाई २०७२ सालमै साक्षर घोषणा गर्ने लक्ष्य लिइएको भएपनि लक्ष्यको ६ बर्ष पछि पालिकालाई साक्षर घोषणा गरिएको हो ।

joshi vada pasal 2

हालसम्म पनि देशभरका करिब ५५ जिल्ला मात्रै साक्षर घोषणा हुन सकेका छन । जसमा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा र डोटी जिल्ला साक्षर हुन बाँकी छन ।

शुक्रबार कृष्णपुर नगरपालिका साक्षरता घोषणा कार्यक्रममा नगरको साक्षरता अवस्थाको बारेमा जानकारी दिदै नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णु दत्त भट्टले २०६७ सालदेखि नगरमा साक्षरता कार्यक्रम संचालन भएको बताए ।

maya metro hospital

‘२०६७ सालदेखि देशभर साक्षर अभियान सुरु गरेपछि नेपाल सरकारको नीति अनुसार बिभिन्न कार्यक्रम संचालन हुँदै गए’ उनले भने ‘२०७२ सालमा जिल्लालाई नै साक्षर घोषणा गर्ने भनिए पनि यो काम विविध कारणले रोकिन गयो । यद्दपी २०७२ सालमा कञ्चनपुर साक्षर घोषणा गर्न लायक थियो । फेरी नेपाल सरकारले साक्षर नेपाल बर्ष २०७६ भनेर एउटा अवधारणा पत्र जारी गरेको थियो । जसमा २०७६ भित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य लिएको थियो ।’

उनले २०७६ सालमा कृष्णपुरलाई साक्षर घोषणा पुनः निरिक्षण पहिचान गर्दा भने ७ हजार ८४ जना निरक्षर भएको पाइएको बताए ।
‘९ वटै वडामा १५ देखि ६० बर्ष उमेर समुहको जससंख्या ५२ हजार ८७९ रहेकोमा ७ हजार ८४ जना निरक्षर भएको पाइयो’ उनले भने ‘त्यसपछि हामीले निरक्षरलाई साक्षर बनाउन कार्यक्रम बनाएर १ देखि १२ मा पढ्ने विद्यार्र्थीलाई प्रयोग गरेर प्रोजेक्ट कार्यक्रम अन्तरगत साक्षर बनाउने कार्यक्रम संचालन गरेका थियौ । जुन कार्यक्रमबाट १ हजार ७७ जना बाहेक सबैलाई साक्षर बनायौं ।’

उनले २०७६ मै पालिकालाई साक्षर घोषणा गर्ने तयारी गरेको भएपनि कोरोना महामारीका कारण कार्यक्रम रोकिएको बताए ।

उनले अहिले साक्षर घोषणा गर्नु पुर्व पनि साक्षरताका अवस्था कस्तो छ भनेर घरघरमा गएर विवरण लिइएको बताए । जसमा १५ देखि ६० बर्ष उमेर समुहका २ हजार २४ जना निरिक्षर भेटिएको उनले बताए । ‘नगरपालिकामा १५ देखि ६० बर्ष उमेर समुहका ५२ हजार ४८९ मध्ये २ हजार २४ निरक्षर रहेकोमा हाल ५० हजार ८ सय ५५ जना साक्षर भएको देखिन्छ । यो १५ देखि ६० बर्ष उमेर समुहको जनसंख्याको ९६ दशमलव १७ प्रतिशत हो’ उनले भने ‘नेपाल सरकारको नीति अनुसार १५ देखि ६० बर्ष उमेर समुहको जनसंख्याको ९५ प्रतिशत घोषणा गर्न मिल्ने भएकाले नगरलाई साक्षर घोषणा गरिएको हो ।’

bishal shuit house

कञ्चनपुर जिल्लाले २ बर्ष अगाडी नै साक्षर घोषणा गर्छै भन्ने प्रतिवद्धता गरेकाले १५ देखि ६० बर्ष उमेर समुहको जनसंख्या मात्र ९५ प्रतिशत साक्षर हुँदा नगरलाई साक्षर घोषणा गरिएको हो । यद्धपी अहिले साक्षरता अभियान संचालन गरिरहेका जिल्लाहरुले भने सबै उमेर समुहका मानिस ९५ प्रतिशत साक्षर पुगे मात्रै घोषणा गर्न मिल्ने प्रावधान छ ।

शिक्षा शाखा प्रमुख भट्टले १५ देखि ६० बर्ष उमेर समुहका साक्षर हुन बाँकी रहेका २ हजार २४ जना र १५ देखि ६० बर्ष उमेर समुह बाहेकलाई पनि २ बर्ष भित्र पूर्ण साक्षर बनाउने योजना बनाएको बताए ।

अहिले कञ्चनपुर जिल्लालाई चैत्र भित्र साक्षर घोषणा गर्ने भनिएपछि त्यो कार्यक्रम केही लम्बिने देखिएको छ । सुदूरपश्चिममा दार्चुला, बैतडी, डडेल्धुरा र अछाम जिल्ला साक्षर घोषणा भइसकेका छन ।

नगरप्रमुख कर्ण बहादुर हमालले कृष्णपुर नगरपालिकालाई साक्षरताको मापदण्ड, नीति बिधि अनुरुप साक्षर घोषणा गरिएको बताए ।उनले साक्षर नगरको मापदण्ड फागुन मसान्त भित्र घोषणा गर्ने भनिएपनि केही प्राबिधिक समस्याका कारण चैत्र २५ गते घोषणा गरिएको बताए ।

नगरपालिकालाई एक समारोहका बिच साक्षर घोषणा गर्दै उनले भने ‘९ वडा भएको कृष्णपुर नगरपालिकाको १५ देखि ६० बर्ष उमेर समुहको कुल जनसंख्याको ५२ हजार ७९ मध्ये ९६ दशमलव १७ प्रतिशत जनसंख्या साक्षर भइसकेकोले कृष्णपुर नगरपालिका साक्षरता अभियान समितिले प्रतिवेदन सार्वजनिक गरेको सन्दर्भमा आज मिति २०७ साल चैत्र २५ गतेका दिन कृष्णपुर नगरपालिकालाई भएको घोषणा गर्दछु धन्यावाद ।’

निरक्षर महिला धेरै

९६ दशमलव १७ प्रतिशत जनसंख्या साक्षर भएको नगरपालिकामा हाल पनि २ हजार २४ जना निरिक्षर रहेका छन । जसमा महिलाको संख्या अत्याधिक छ ।

२ हजार २४ जनामा महिला निरक्षकको संख्या १ हजार ७०३ रहेको छ भने पुरुष निरक्षकको संख्या ३२१ रहेको छ । नगरपालिकामा कुल साक्षर ५० हजार ८५५ रहेकोमा साक्षर पुरुषको संख्या २६ हजार ३०९ र साक्षर महिलाको संख्या २४ हजार ५४६ रहेको छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.