सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी हुँदै 

 

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागी हुने गरि तयारी थालिएको छ । निर्वाचन आयोगले आज रातिदेखि चुनावी आचारसंहिता लागू गर्ने भएकाले त्यसअघि नै सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको हो ।

maya metro hospital

आज नै आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक बिकास मन्त्री लालबहादुर खड्का र कृषि मन्त्री विनिता चौधरीलाई हटाएर कांग्रेसबाट नयाँ मन्त्रीका रुपमा कैलालीका डिल्ली राज पन्त, डोटीका भरत खडका र समानुपातिकबाट टेकबहादुर रैका नियुक्त गर्ने तयारी भइरहेको छ ।

lotus school

सुदूरपश्चिम सरकारमा सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी रहेको छ । समाजवादीका १४ जना सांसद छन । त्यस्तै प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेस रहेको छ । कांग्रेसबाट १२ जना सांसद छ्न् । त्यस्तै तेस्रो दलको रुपमा नेकपा माओवादी रहेको छ । माओवादीबाट मुख्यमन्त्री सहित ११ जना सांसद रहेका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.