धनगढीका भूमिहिन दलितलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण

धनगढी – धनगढीमा उपमहानगरपालिकामा पहिलोपटक भूमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरणको काम सुरु गरिएको छ । जसअन्तरगत शुक्रबार धनगढी उपमहानगरपालिका ९ का २१ परिवार भुमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको हो ।

जग्गाधनी प्रमाणपत्र वितरण कार्यको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व संविधान सभा सदस्य डाक्टर आरजु राणा देउवा शुभारम्भ गरेकि थिइन ।

joshi vada pasal 2
bishal shuit house

जग्गाधनी दर्ता प्रमाणपत्र वितरणको सुभारम्भ गर्दै नेतृ राणाले नेपाली कांग्रेसले भूमिहिन परिवारलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने उदघोष गरेको बताउदै पहिलो चरणमा भूमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको बताइन् ।

उनले क्रमबद्ध रुपमा अन्य भूमिहिनहरुलाई समेत जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराउने बताइन् । जग्गाधनी दर्ता प्रमाणपत्र हातमा परेपछि भूमिहिन दलितहरु खुशी छन् । स्थानीय कालीदेवी कोलीले सपनामा समेत आफ्नो नाममा जग्गा हुने कुरा नसोचेको बताउदै जग्गा पाएपछि निकै खुशी भएको बताइन् ।

maya metro hospital

त्यस्तै, हिरादेवी लुहार समेत जग्गाधनी दर्ता प्रमाणपत्र पाउँदा निकै खुशी थिएन । जग्गाधनी दर्ता प्रमाणपत्र बितरण कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड लगायतको उपस्थिति रहेको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.