चौकिडाँडामा दुई मोटरसाइकल एक आपसमा ठोक्किदाँ २ जनाको मृत्यु 

 

अत्तरिया – कैलालीको चौकिडाँडामा २ मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । बिहीबार साँझ गोदावरी नगरपालिका–३ चौकीडाँडामा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको से ४प ४७३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१ ००४ प १११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका २ जनाको मृत्यु भएको हो ।

bishal shuit house

मृत्यु हुनेमा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका – ५ का २७ वर्षीय लोकेन्द्र पार्की र अन्दाजी ३२ वर्षीय पुरन मडै रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।  प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको हो ।

joshi vada pasal 2

उक्त दुर्घटनामा २ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोटरसाइकलका चालक कृष्णपुर–५ कै २१ वर्षीय महेश पार्की र ठेगाना नखुलेका  दीपक भट्ट रहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.