गोदावरी ४ बाट वडाअध्यक्षमा जोशीको उम्मेदवारी घोषणा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ बाट युवा व्यवसायी सुरज जोशीले वडाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन ।

maya metro hospital

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा युवा व्यवसायी जोशीले कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन । लामो समय देखि नेपाली कांग्रेसमा आबद्ध भएर पार्टीको लागि गरेको योगदान प्रति पार्टीले सकरात्मक भूमिका खेल्ने र हाम्रो लाई नभएर राम्रो लाई टिकट दिनेमा आफू विश्वस्त रहेको उनले बताए ।

joshi vada pasal 2

उनले आफुले टिकट पाए वडाको विकासमा कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गरे । ‘मैले वडामा रहेका दिनदुखी, गरीब, असहायहरुको सेवा का साथै रोजगारी पनि दिदै आएको छु’ उनले भने ‘मलाई लाग्छ पार्टीले वडामा मैले गरेको कार्य देखेर टिकट दिनेछ र टिकट पाए म मेरा वडाबासीहरुलाई आफूले तन, मन लगाएर सहयोग गर्नेछु ।’

कांग्रेसको क्रियाशिल सदस्यका रुपमा रहेको र पार्टीको एवम् वडाको चौतर्फि विकासका लागी आफुले वडाध्यक्षमा उम्मेदवारी दिएको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.