गोदावरीका मेयरले चोर बाटोबाट १ सय योजना बाडेको आरोप (भिडियो सहित)

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख (मेयर) हरी सिह साँउदले स्थानीय चुनावको मुखमा चोर बाटोबाट योजना बाडेको आरोप लागेको छ । गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायत सहित ७ जना वडाअध्यक्षले नै मेयरले चोर बाटोबाट योजना बाडेर मनपरी गरेको आरोप लगाएका हुन ।

बिहिबार गोदावरी नगरपालिकाको कार्यालयमा भेला भएका उनीहरुले भेलापछि आफ्ना धारणा सार्वजनिक गर्दै सो आरोप लगाएका हुन । पत्रकारहरु समक्ष आफ्ना धारणा सार्वजनिक गर्दै उपमेयर कडायतले कार्यक्रमको योजना तथा रकम बाँडफाटको शिर्षकमा मेयरले १ सय भन्दा बढी योजनाहरु मनपरी ढंगले बाडफाड गरेको बताईन् ।

joshi vada pasal 2

‘अहिले नगरसभा बैठक नराखि कार्यपालिकाबाट यत्रा योजनाहरु एकलौटी पास गर्न मिल्छ की मिल्दैन ?’ मेयरलाई प्रश्न गर्दै उनले भनीन् ‘योजना बनाउँदा बजेट खान मिल्ने गरी कार्यक्रम छुट्याइएको छ । हामीले वहालाई कार्यपालिका बैठकमा सच्चिन आग्रह गरेपनि वहा सच्चिनु भएन ।

नगरप्रमुखले चोरबाटोबाट खल्तीका योजना बाडेर हिड्नु भएको छ ।’ उनले फागुन २२ गते कार्यपालिका बैठक बसेको र त्यसमा १६ वटा एजेण्डा छलफल गरिरहदाँ २ देखि ३ घण्टामा बैठक टुङ्ग्याएको र पछि निर्णय सार्वजनिक गर्दा छलफल नै नगरिएका कुरा निर्णयमा लेखिएको बताईन ।

maya metro hospital

‘जहिले पनि कार्यपालिका बोर्डको बैठक एक हप्ता अगाडी राख्न भनेपनि त्यो कहिले भएन । वहाले बहुमत र आफ्नो दम्बका हिसाबले अगाडी बढ्नुभयो । त्यसमा हाम्रो घोर आपत्ती छ’ उनले भनीन ‘यसरी एक्लैले योजना बनाउने र रकम बाडफाड गर्ने हो भने ६५ जनाको आवश्यकता किन प-यो । कार्यपालिकामा २२ जना पनि किन चाहिए । प्रमुख प्रशासकिय अधिकृतले पनि के हेरेर बसे । हाकिमसाप पनि कस्तो हुनहुन्छ वहालाई सर्पोट गर्ने । बिधि र पद्धती मिच्दा खेरी मलाइपनि गाह्रो हुन्छ भन्ने कुरा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतले थाहा पाउनु पर्छ की पर्दैन ।’

उनले मेयरले नगरपालिकामा एकतन्त्रीय शासन चलाएको दाबी गरिन । उनले नगरप्रमुख यसरी आफूखुसी गर्ने हो भने वहामाथि थुप्रै चुनौती आउने दाबी गरिन ।

‘सामाजिक परिक्षण हुँदै हुँदैन । समिक्षा कार्यक्रम बल्ल एकचोटि मात्रै भएको थियो । हिउँदे नगरसभा राख्ने भनेर ३/३ पटक कार्यपालिका बैठकमा कुरा उठाउँदा पनि बैठक राखिएन’ उनले भनीन् ‘मेयरले मनपरी हिसाबले काम गर्दा आफूहरुलाई पनि जनतालाइ जवाफ दिन समस्या भएको छ ।’

उनले गोदावरीलाई स्मार्टसिटी बनाउने भनेपनि त्यो योजना नगरप्रमुखकै कारण ओझेलमा परेको बताईन् । उनले बिभिन्न राम्रा योजनामा बजेट छुट्याउनुको सट्टा आफ्ना आसेपासेलाई फाइदा पुग्ने योजना बिनियोजना गरिएको बताइन् । राम्रा योजनामा बजेट नपरेको तर, मनपरी ढंगले योजना बनाइदा आफूहरुको चित्त दुखेको उनले बताइन् ।

वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण सिंह बोहराले जहिले पनि विधि पद्धतीमा जाउ भन्ने गरेको भएपनि मेयरले नसुन्ने गरेको बताए ।

‘उनले जहिले पनि विधि पद्धतीमा जाँउ भन्दा बिरोध गरेको रुपमा लिनु हुन्थ्यो’ उनले भने ‘अहिले पनि चुनावका बेला बिरोध गरेको हो कि भन्ने लाग्न सक्छ । तर, विगतका दिनहरुमा पनि हामीले यस्ता कुराको बिरोध गरेका थियौ ।’ उनले कार्यपालिका बैठकमा भएका निर्णय तत्काल नलेखेर पछि लेख्ने भन्दै बैठकमा भएका निर्णय लुकाउनको लागि पछि लेख्ने गरिएको बताए ।

bishal shuit house

‘हामीलाई गुमराहामा राख्ने गरिएको छ । बजेट बाडफाड गर्नु राम्रो भएपनि आफूखुसी बजेट बाडफाड हुँदा आवश्यकता नै नभएको ठाउँमा बजेट बिनियोजन गरिएको छ’ उनले भने ‘यसरी बजेट बाडफाडमा कर्मचारी पनि दोषी छन ।’

वडा नम्बर ६ का वडा अध्यक्ष विर बहादुर चोखालले फागुन २२ गते बसेको बैठकमा वडाका बजेटहरु शिर्षक परिवर्तन गर्ने, बजेट रकमान्तर गर्ने, केही डल्लो बजेट बाडफाड गर्ने बिषयमा छलफल भएको बताए । उनले कार्यपालिकाको माइनेटिङमा सबैको उपस्थिति गर्ने र क्लोजिङमा भने नगरप्रमुख र कार्यालय प्रमुखको मात्रै साइन गराउने भनेर पछि योजना थपिने गरेको बताए । ‘हामी पनि नयाँ नयाँ जनप्रतिनिधि थियौ । त्यो बेला जे बैठकमा छलफल हुन्छ त्यही निर्णय हुन्छ भनेर सोचेका थियौ’ उनले भने ‘अहिले हामीलाई झुक्याएर उपस्थिती मात्रै गर्ने र पछि आफूखुसी निर्णय लेखेर झुक्याउने गरिएको छ ।’

वडा नम्बर ७ का वडा अध्यक्ष हेम राज ओझाले फागुन २२ गते बसेको बैठकको निर्णय १ महिना पछि चैत्र १८ गते वडामा पठाइएको बताए । उनले विकासका लागि बजेट जहा दिएपनि बिधि पद्धती अनुसार विनियोजन गरिनुपर्ने बताए ।

उनले अहिले बजेट बाडफाट गर्दा वडाले बजेट विनियोजन गर्दा वडाले बजेट हालेका योजनामै नगरपालिकाले बजेट बिनियोजन गरेको बताए । ‘वडाबाट माग गरिएका योजना लत्याएर आफूखुसी बजेट विनियोजन गरिएको छ’ उनले भने ‘यसमा आफन्त र कार्यकर्तालाई पोस्ने काम भएको छ ।’

वडा नम्बर ८ का वडा अध्यक्ष नरेश अधिकारीले आफूहरुले सबै विरोध गरे जस्तो देखिए पनि नगरपालिकाले मनोमानी गरेकाले बिरोध गरिएको बताए । उनले ५ बर्षे कार्यकालमा आफ्ना कुरा नसुनेर साँचिका रुपमा मात्रै राखिएको बताए । उनले नगरपालिकामा कर्मचारी भर्ना गरिदा पनि आफ्ना आसेपासेलाई भर्ना गरिएको बताए । ‘कर्मचारी भर्ना गरिदा आफ्ना आसेपासेलाई राखियो । जो राम्रो थियो त्यसलाई राखिएन’ उनले भने ‘पावर र पहुँचका आधारमा राखियो ।’

वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाही गुड्डुले ६३ लाख बजेट बिनियोजन गरिएकोमा नगरप्रमुखले आफूखुसी निर्णय गर्दा ९१ लाख बजेट पुगाएको बताए । व्यङ्गात्मक अभिब्यक्ति दिदै शाहीले यसरी आफूखुसी बजेट विनियोजन गरिएको भएपनि आफ्नो वडामा बजेट बढाइदिएकोमा धन्यावाद ज्ञापन गरे ।

वडा नम्बर ११ का वडा अध्यक्ष शिव विकले बजेट बाडफाड गर्दा पंचायती शैली अपनाइएको बताए । ‘यो लोकतन्त्र आइसके पछिको पालिका हो । नगरपालिकामा बहुमतको कुरा मान्ने भन्ने कुरा स्वभाविक भएपनि पालिकामा सबैलाई गुम्राहामा राखेर कसैलाई जानकारी नदिई योजना वाडीएको छ’ उनले भने ‘यो अन्याय हो । यो घोर भत्सर्ना गर्न लायक छ । पंचायती शैलीमा जाने हो भने चुनाव किन गर्नुप¥यो ।’ उनले कार्यपालिकाका सदस्यका हक अधिकार हनन् भएको बताए ।

वडा नम्बर १२ का वडा अध्यक्ष भीम बहादुर खड्काले कार्यपालिका बैठकमा १६ एजेण्डामा कार्यपालिका बैठकबाट पास गरिएपनि निर्णय छाप्दा फरक तरिकाले आएको बताए । उनले १६ एजेण्डा पास गरेपछि सोही कार्यपालिका बैठकका निर्णय भनेर करिब १ सय योजना त्यसमै थपिएको बताए ।

उनले यस्ता निर्णयको ७ जना वडा अध्यक्ष र उपमेयरले संयुक्त रुपमा बिरोध गरेको बताए । उनले भने ‘चोर बाटोबाट आफ्ना आफ्ना योजना हाल्ने काम गलत भयो भन्नेमा हाम्रो विरोध हो ।’

भिडियो

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.