जोरायल गाउँपालिकामा अध्यक्ष उपाध्यक्षका लागी एमालेबाट पुरानै विजयी उम्मेदवार

अत्तरिया – डोटीको जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागी नेकपा एमालेबाट पुरानै विजयी उम्मेदवारलाई चयन गरीएको छ ।

एमालेको गाउँकमिटिद्धारा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमबाट गाउँपालिकाको अध्यक्षका लागी पुरानै विजयी उम्मेदवार दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरालाई सर्वसम्मत चयन गरीएको हो ।

joshi vada pasal 2
bishal shuit house

जनताको जनमत जितेको र विगत ५ वर्षमा गाउँपालिकामा राम्रो कार्य गरेको आधारमा कार्यकर्ता तथा पार्टीले आफुलाई पुनः गाउँपालिकाको अध्यक्षका लागी अगाडी सारेको अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

उनले गाउँपालिकामा विकाश निर्माणका कार्यहरुमा पनि सबै जनताहरु तथा पार्टीका कार्यकर्ताहरु सन्तोषजनक भएका कारण आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको दावी गरे ।

maya metro hospital

पछिल्लो ५ वर्षमा पुरा हुन नसकेका अधुरा कार्यहरु पुरा गर्न पनि आफ्नो उम्मेदवारी रहेकामा पार्टीले आफुलाई नै सर्वसम्मत चयन गरेको उनको भनाई छ । उनले अन्य पार्टीहरुबिच हुने गठबन्धनले पनि आफुलाई निर्वाचनमा फरक नपार्ने बताए । उनले जनातको सामु गठबन्धन ठुलो नभएको बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.