आर्थिक चलाएमानको मुख्य आधार लघुबित्त

विकाश भित्र पर्ने एक महत्वपुर्ण क्षेत्र आर्थिक बिकास हो । पछिल्लो समय नेपाल राष्ट्र बैंक को प्रदिवेदनमा नेपालको करिब ७५ प्रतिशत जनसख्या बित्तिय पहुँचमा रहेको छ ।

jagaa add

हाल नेपालमा नेपाल राष्ट्र बैंक बाट घ वर्गको इजाजत प्राप्त बित्तिय संस्थाको संख्या करिब ७१ रहेको छ । त्यसभित्र कबि ५१ लख लघुबित्त बित्तिय संस्थाबाट बित्तिय कारोबार गरिरहेको पाईन्छ । कुनैपनि देशको अर्थतन्त्र चलाएमान, सबल, सक्षम बनाउन त्यस देशको ग्रामिण अर्थतन्त्रलाई परिवर्तन गर्न जरुरी रहेको हुन्छ ।

joshi vada pasal 2

त्यसकारण आजको अवस्थामा ग्रामिण अर्थतन्त्रलाई सबल, सक्षम तथा आर्थिक चलायमान बनाउन लघुबित्त बित्तिय संस्थाको महत्वपुर्ण भुमिका रहेको पाईन्छ । हामि आजभोलि ग्रामिण बस्तिका मानिसहरुमा व्यवसायिक कृषि, उद्यमशिलता बिकास तथा विभिन्न सिपमुलक तालिम मार्फत लघुबित्त बित्तिय संस्था ले आफ्नो सदस्यको वृद्धिबिकासमा महत्वपुर्ण परिवर्तन गरेको छ ।

हिजो पैसाको लागि साहुमहाजनको घरमा महंगो व्यजदरमा कर्जा लिदा आर्थिकभारको कारण आर्थिक परिवर्तन हुदैनथ्यो । आज लघुबित्त संस्थाले सहज, सरल विश्वसनिय तरिका बाट सस्तो व्यजदरमा आफ्ना सदस्यलाई कर्जा प्रभाव गर्दा ग्रामिण क्षेत्रमा बस्ने उद्यमशिल मानिसको जिवनमा परिवर्तन आएको छ । आफु संग भएको सानो सानो रकम जम्मा गर्ने आफुलाई आवश्यक पर्दा सजिलै कर्जा उपलब्ध हुने हुदा आत्माविश्वासमा बृद्धि भएको छ । देशमा पैसाको समान वितरणमा लघुबित्तको योगदान महत्वपुर्ण छ ।

कुनैपनि देशको आर्थिक विकाश हुन त्यस देशको आर्थिक वितरणमा सन्तुलन हुन आवश्यक छ । हाल लघुबित्त मार्फत पैसाको समान वितरण भएको छ । गाउँका मानिस आफुसंग भएको पैसा बित्तिय संस्थामा जम्मा गर्ने र आफुलाई आवश्यक रकम बित्तिय संस्थाबाट कर्जा लिने गरेको हुँदा ग्रमिण क्षेत्रमा पैसा चलायमान गर्ने लघुबित्तले ठुलो सहयोग गरेको छ । हिजो खुत्रुके, बाकस अनि चोलिको खल्ति र पुटुकीमा लुक्ने पैसा उत्पादनशिल क्षेत्रमा चलायमान भएको छ ।

माथी उल्लेखीत शिषर््ाकलाई प्रष्ट पार्न यो उदाहरणमार्फत प्रस्तुत गरिएको छ । देशको पिछडिएको क्षेत्र कर्णाली प्रदेश । त्यस प्रदेश भित्र पर्ने जिल्ला जुम्ला । हो जुम्ला को आफ्नै पिडा छ, आफ्नै व्यथा पिडा र व्यथा भित्र सम्भावना पनि उत्तिकै छ । आजभोलि जुम्लाको ग्रामिण भेगमा आर्थिक चहलपहल बढेको छ ।

नेपाल राष्ट्र बैक को विकट क्षेत्रमा अनिवार्य बित्तिय संस्थाको शाखा स्थापना गरे संगै हाल क, ख, ग र घ वर्गको बैक बित्तिय संस्थाको बाक्लो उपस्थिति छ । जुम्ला जिल्लाको विकट क्षेत्रमा रहेको पातरासि गाउँपालिका आफैमा एक सम्भावना भएको पालिका हो । विगतमा जहा सम्भावना हुदाँहुदै केहि अभाव थिए आजभोलि त्यहाका मानिस आर्थिक क्रियाकलाप मा संलग्नता भएसंगै सम्भावनाको खोजि गरिरहेका छन् ।

विगत दिनमा बैंक सम्म आउन सदरमुकाम धाउनुपर्ने बाध्यताका कारण त्यहाँको बासिन्दाको जिवनमा बित्तिय साक्षरता थिएन । यसकारण त्यहाँको बासिन्दालाई बचत गर्ने बानिको अभावले आफुलाई आपतविपत परेको बेला साहुमहाजन संग महंगो व्यजदरमा कर्जा लिनुपर्ने बाध्यता थियो । कसैले बचत गरिहालेपनि बाकस, खुत्रुक्के, चोलिका खल्तिमा गर्दथे । पैसा चोरी हुने, हराउने, मासिने जस्ता समस्या थियो । हाल डिप्रोक्स लघुबित्तले त्यहा कार्यक्रम विस्तार गरे संगै त्यहाको बासिन्दाको दैनिकि फेरिएको छ ।

हिजो चुलोचौको मा व्यस्थ महिलाले आज बचत संगै सस्तो व्याजदरमा कर्जा लिएर विभिन्न व्यवसायिक कार्यमा संलग्नता बढाएका छन् । कसैले आलु खरिद केन्द्र, स्याउ खरिद केन्द्र, जडिबुटि खरिदकेन्द्र, किरानापसल, होटल, भेडापालन व्यवसाय लगायत अन्य आयमुलक कार्यमा संलग्नता बढाउदै आफ्नो दैनिकि नै फेरिएको महसुस गरेको महिलाहरुको भनाई छ ।

हिजो सानो–सानो बचतको लागि महिलाहरुले बैंकसम्म जान १ दिनसम्म पैदल हिड्नुपर्ने अवस्था संगै कर्जाको लागि महंगो व्याजमा साहुमहाजन कहाँ जानुपर्ने बाध्यता हटेको छ । समयसमयमा लघुबित्तले दिने बिभिन्न सिपमुलक तालिम, केन्द्रप्रमुख गोष्बिाट आफ्ना कुराहरु खुलेर राख्नसक्ने भएको र आफुमा आत्मविश्वास बढेको त्यहाँको महिलाहरु बताउँछन ।

माथि उल्लेखित उदाहरण बाट लघुबित्त बित्तिय संस्थाले देशको दुरदराजमा आफ्ना शाखाको बिस्तार मार्फत सो क्षेत्रको बासिन्दालाई आर्थिक अनुशासन, बित्तिय साक्षरता तथा पैसाको समानुपातिक वितरण लघुउद्यम बिकासको बाटोमा आफ्नो सक्षम, विश्वासिलो बित्तिय सुविधामार्फत समग्र आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेलेको पाइन्छ ।

समय–समय मा लघुबित्तप्रति आउने नकारात्मक समाचारले सेवादिइरहेका संस्थामा निरासापन आउन नदिन सरोकारवला निकायले ध्यान दिएर, पत्रकारहरुले सहि बिश्लेषण गरि सहि समाचार सम्प्रेषण गरेमा अझ बित्तिय पहुँचबाट टाढा रहेका मानिसलाई सजिलै बित्तिय पहुचमा ल्याउन सकिन्छ र समग्र देशको आर्थिक चलायमान राख्न मद्दत पुग्नेछ ।

(लेखक डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड, शाखा कार्यालय पुरनधारा दाङका सहायक अधिकृत हुन ।)

texas
सम्बन्धित पाेस्टहरु
Loading...