महाशिवरात्रीमा यस्तो थियो गोदावरीमा चहलपहल (फोटोफिचर)

अत्तरिया – फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीको अवसरमा मंगलबार दिनभरी गोदावरीमा चहलपहल रहेको थियो । आज गोदावरीमा बर्त बसेकाहरुले पुजाआजा, स्नान गरेका थिए । आजको दिन शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने चलन रहि आएको छ ।

maya metro hospital

शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ । हिन्दूहरूले विभिन्न शिव मन्दिरहरू पुगेर आराधना, भजन–किर्तन गरेर र जाग्राम बसेर महाशिवरात्री पर्व मनाउँछन् ।

attariya hospital

आज शिवरात्रीको सार्वजनिक विदा पनि भएकाले गोदावरी धाम लगायत गोदावरीको पुरानो काठे पुलमा पनि आन्तरिक पर्यटनको घुइचो थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.