कांग्रेस सुदूरपश्चिम अधिवेशन : मतदाताले कुल्चिदै उम्मेदवारका तस्बिर (फोटोफिचर)

अत्तरिया – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि मतदान गरिएको छ । शनिबार धनगढीस्थित निर्माण व्यवसायी संघ कैलालीको हलमा मतदान गरिएको हो ।

maya metro hospital

मतदानका लागि नेता कार्यकर्ता निर्माण व्यवसायी संघको परिसरमा पुगेका थिए भने सोही अवसरमा उम्मेदवारहरले पनि आफ्नो प्रचार प्रसार पनि तिव्र बनाएका थिए ।

मतदान चलिरहेकै समयमा उम्मेद्वारले आफ्नो पक्षमा मत तान्न अनेकल उपाय अपनाइरहेका थिए ।

attariya hospital

उम्मेदवारले प्रत्यक्ष भेटेर मौखिक रुपमा मतदाता संग मत माग्नुको साथै पर्चा पम्पलेट, व्यानर, कार्ड प्रयोग गरेर पनि मत मागेको देखिन्थो ।
व्यानर पोष्टले निर्माण व्यवसायी संघको गल्ली नै रंगिचंङ्गी बनेको थियो भने उम्मेदवारले वाडेका पर्चा पम्पलेट, कार्डले सडक पनि सेताम्मे बनेको थियो ।

उम्मेद्वरका फोटो सहित टासिएका त्यस्ता कार्ड उनीहरुले हातहातमा दिइरहेका भएपनि उम्मेदवारले ति प्रचार सामग्री भुइमा फालिदिदा सडक सेताम्मे बनेको थियो । जसमाथि उम्मेदवार, मतदाता कुल्चिएर हिडिरहेका थिए ।

सुदूरपश्चिम प्रदेश कांग्रेस सभापति पदमा नेताहरू वीरबहादुर बलायर र नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुँदैछ । बलायर प्यानलबाट प्रदेश उपसभापतिमा लोकराज अवस्थी र जनक चौधरी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का , सह–महामन्त्रीमा अम्बिका चलाउने, चिन्तामणी भट्ट र गोपालदत्त भट्टले उम्मेदवार भएका छन् ।

यस्तै मिश्र प्यानबाट उपसभापतिमा गोपाल गुरुङ र मानबहादुर रावल, महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाही, सहमहामन्त्रीमा पदमराज पन्त र नरेन्द्र भट्टले उम्मेदवार दिएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.