अत्तरिया बासिले चिन्न नसकेको लामिताल 

 

सवारी साधनको कोलाहल, धुलो, धुवा, भिडभाड अनी त्यसैमा कामको तनाव । यी सबै कुरासंग शहरी क्षेत्रमा बसोबास गर्ने मानिस प्राय अभ्यस्त हुन्छन । आफ्नो दिनचर्या चलाउन र जिविकोपार्जन गर्न र शहरको भौतिक सुविधाको उपभोग गर्न मानिसहरु यस्ता ठाउँमा बसोबास गर्ने गरेका भएपनि प्रकृति संग रमाउने मानिस भने केही समयका लागि भएपनि यस्ता कुराबाट मुक्ति पाउन चाहन्छन् ।

maya metro hospital

सहरीकरणको विकास हुँदै गएको अत्तरियाबासी पनि पछिल्लो समय प्रकृति संग रमाउन बिभिन्न ठाउँमा जाने गरेका छन । तर, अत्तरिया बजार क्षेत्र संगै जोडिएको लामितालमा रमाउन जाने भने निकै कम हुने गरेका छन ।

joshi vada pasal 2

बजार क्षेत्रबाट नजिकै भएपनि यो तालमा पुगेपछि मानिस एकै छिनमा प्रकृतिमा हराएको महशुस गर्न सक्छन । बिचमा ठूलो ताल, चारैचित हरियाली जंगल, अनि चंराचुरुङ्गिको चिरबिर आवाजले तालमा पुग्ने वितिकै सहरी क्षेत्रबाट धेरै टाढा पुगेको महशुस हुन्छ ।

ताल परिसरमा चिसो हावा चल्ने भएकाले चर्को गर्मिको सयममा पनि एक छिन आनन्दको महशुस गर्न सकिन्छ । करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालमा प्रकृतिसंग रमाउनेहरुका लागि निकै मनमोहक भएपनि नजिकै रहेका अत्तरिया बासिको भने गन्तव्य स्थल बन्न सकेको छैन ।

तालमा पर्यटकिय संम्भावन

शहरीकरणको तिब्र विकास भइरहेको अत्तरिया बजार नजिकै रहेकाले लामिताललाई पर्यटक तान्न सजिलो छ । गोदावरी नगरपालिका – २ मा पर्ने यो ताल अत्तरियाको बषपार्क देखि हिडेरै ५ मिनेटमै पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिएको यो ताल प्रयटकको मुख्य आकर्षणको केन्द्र बन्न सक्नेमा दुईमत छैन ।

नजिकै बसपार्क रहेकाले अत्तरिया भएर आवतजावत गर्ने यात्रुहरुलाई पनि तालमा पुगाउन सकिन्छ । प्रायजसो अत्तरिया भएर जाने बसहरु १/२ घण्टा अत्तरियामा रोकिने भएकाले सो समयमा प्रतिक्षारत यात्रुलाई सजिलै तालसम्म पुगाउन सकिन्छ । यस्तै बजार नजिकै भएकाले अत्तरिया क्षेत्रका स्थानियले यो क्षेत्रकालाई मर्निक वाक, ईभनिङ वाक गर्ने ठाउँका रुपमा पनि प्रयोग गर्न सक्दछन् । तालमा ढुङगा संचालन गरेर पनि पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना पनि उतिकै छ ।

थुप्रै सम्भावना भएपनि तालमा भौतिक पुर्वाधार पनि उतिकै आवश्यक छ । प्राकृतिक रुपमा ताल सुन्दर भएपनि पर्यटनको आकर्षण बढाउन भैतिक पुर्वाधारको विकास पनि उतिकै आवश्यक हुन्छ । तर अहिले भने ताल परिसर सम्म पुग्ने बाटोकै बेजोग छ । जसले गर्दा मानिसहरु चाहेर पनि चालमा जान नाक खुम्च्याउने अवस्था छ ।

अत्तरिया बसपार्क नजिकै रहेपनि अहिले सो तालमा जाने बाटोमा ग्राभेल समेत नगरिदा बाटो हिलाम्मे धुलाम्मे र खाल्डाखुल्डी छन । तालको अवलोकन गर्नको लागि पनि ताल वरिपरीको केही बाटोमा ग्राभेल हालिएको भएपनि बाटो व्यवस्थित बनाउन सकिएको छैन । तालको किनारमा बस्न राखिएका बेन्च पनि थोत्रा भएका छन भने फोहर व्यवस्थापन नगरिदा ताल दुर्गन्धित बनेको छ ।

आर्थिक बर्ष २०७५/०७६ मा गोदावरी नगरपालिकाले उपभोक्ता समिति मार्फत  तालको सरसफाई, तालको वरपर बाटो निर्माण र तालको वरपर बस्नको लागि १५ ओटा फलामका रेस्टबेन्च, पानी निकासका लागि रेगुलेटर जडान गरिएको थियो । तर अहिले ति निर्माण गरिएका संरचना पनि जिर्ण जस्तै भएका छन ।

पर्यटन आकर्षित गर्ने प्रचुर सम्भावना भएपनि अहिले सम्म तालको प्रचार प्रसार र भौतिक पुर्वाधार निर्माणमा ठोस काम नहुँदा अहिले ताल गुमनाम जस्तै बनेको छ ।

अत्तरिया बजार नजिकै रहेको ताललाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सर्वप्रथम यसको विस्तृत परियोजना प्रतिवेदन बनाएर कार्यान्वय गर्न आवश्यक छ । जसका लागि यसको प्राकृतिक सुन्दरतामा ह्रास नहुने गरी काम गर्न आवश्यक छ । सर्वप्रथम ताल सम्म पुग्ने बाटो निर्माण गरी तालको परिपरि पनि चारैतिर हिड्न मिल्ने बाटो निर्माण, ठाउँठाउँमा बस्नको लागि प्रतिक्षालय, तालको अवलोकन गर्ने भ्यु टावर, तालमा सयर गर्न डुङ्गाको व्यवस्था गर्न सके मात्रै पनि यस क्षेत्रमा पर्यटक आकर्षक गर्न सकिने देखिन्छ ।

नगरपालिकाले ताललाई प्रर्यटकिय क्षेत्रका रुपमा विकास गर्न विस्तृत योजना बनाएको बताउँदै आएको छ । यद्दपी हाल तेघरी स्थित नेपाली सेनाले पनि ताल आफ्नो क्षेत्रमा परेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.